४ बैशाख २०८१, मंगलबार

जिल्ला आयुर्वेद संघ, नवलपरासी सुस्ता पूर्वद्वारा बडादशैंको शुभकामना आदान-प्रदान


जिल्ला आयुर्वेद संघ, नवलपरासी सुस्ता पूर्वद्वारा बडादशैंको शुभकामना आदान-प्रदान

नवलपरासी सुस्ता पूर्व, असोज ३० । जिल्ला आयुर्वेद संघ, नवलपरासी सुस्ता पूर्वले हिन्दू धर्मावलम्बीहरूको महान चाड बडादशैंको अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम गरेको छ । संघका अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा आज शुक्रबार जिल्ला आयुर्वेदको बैठक बसी हिन्दू धर्मावलम्बीहरूको महान चाडको पावन अवसरमा चियापान सहित शुभ कामना आदान प्रदान गरिएको छ ।

उक्त कार्यक्रममा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा बरिष्ट आयुर्वेद डाक्टर डा. राम बहादुर बोहरा पनि उपस्थित हुनुभएको थियो । उहाँले नेपालमा कोरोना संक्रमण दुर्तगतिमा फैलिरहेको वर्तमान परिप्रेक्षमा यस पटकको दशैं पहिलाको जस्तो नमनाई डिजिटल मध्यमवाट आफुभन्दा ठूला महानुभाववाट आशिष लिनुपर्ने बताउनु भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !