७ मंसिर २०८१, शुक्रबार

आयुर्वेदको अर्थ र यसको भविष्य


आयुर्वेद
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आयुर्वेदको भविष्य

प्राचीन चिकित्सा प्रणालीमा रोगीको उपचार आयुर्वेद जडिबुटीबाट हुने गर्दथ्यो भने आयुर्वेदको उच्च स्थान थियो । समय परिवर्तन भयो पश्चिम चिकित्सा पद्धतिका कारण आयुर्वेद पद्धतिलाई ओझेलमा पारिदै गयो आयुर्वेद डाक्टरहरूलाई मोर्डन युगमा ढाल्न थालियो । आज अधिकांश आयुर्वेद डाक्टरहरूले एलोपैथिक औषधि लेख्न थाले ।

वर्तमान अवस्थामा भने आयुर्वेदलाई विषेश ध्यान दिन थालिएको देखिन्छ । यसको ठोस कारण भनेको विश्वमा फैलिएको माहारी रोग कोभिड-१९ संग लड्ने क्षमता रोग प्रतिरोधक क्षमता एलोपैथिकमा नभई आयुर्वेदकमा भएको कुरा सरकारले पनि मान्ने भएकाले वैकल्पिक चिकित्सालाई अघि सारेको देखिन थालेको छ ।

आयुर्वेदको अर्थ

आयुर्वेद प्राचीन प्राकृतिक र समग्र वैद्य शास्त्रको चिकित्सा पद्धति मानिएको छ । संस्कृति भाषामा आयुर्वेदको अर्थ जीवनको विज्ञान (संस्कृतमा आयुरको अर्थ दिर्घ आयु) हुन्छ । एलोपैथिक चिकित्सामा विषम चिकित्साको मुल अर्थ हो रोगको प्रवद्धनमाथि केन्द्रित रहेको हुन्छ भने आयुर्वेदमा रोगको रोकथाममा र रोग उत्पन्न गर्ने मुल कारणलाई नै शरीरबाट निस्कासन गर्ने रहेको हुन्छ ।

आयुर्वेदको मत अनुसार धर्म, अर्थ, काम र मोक्ष प्राप्तिको लागि गरिएको हुन्छ । मानवको सामाजिक, राजनीतिक, मानसिक तथा आध्यात्मिक सवै समावेश गरेको हुन्छ । आयुर्वेद तन, मन र आत्माको सन्तुलन स्थापित गर्दै व्यक्तिको स्वास्थ्यमा सुधार गर्दै जाने हुन्छ । आयुर्वेद मात्र उपचार नभई जीवन जिउन सिक्ने कलामा समेत प्रभाव पार्न थाल्दछ ।

आयुर्वेद सेवन गर्नेहरूलाई लामो आयुसम्म बाच्ने कला सिकाउदछ । आयुर्वेद अनुसार व्यक्तिको शरीरमा वात, पित्त र कफ जस्ता तीन मूल तत्त्व सन्तुलन विग्रन गई थुप्रै रोग लाग्ने हुन्छ । अत: आयुर्वेदले यिनै तिन तत्वलाई विग्रनबाट रोकेकाले मानिस निरोगी हुन थाल्दछ ।

आयुर्वेद पछि पर्नुको रहस्य

भारतमा बेलायतीहरूले शाशन गर्दा आयुर्वेद चिकित्सा पद्धतिलाई अवैज्ञानिक, रहस्यमयी र केवल एउटा धार्मिक विश्वास हो भन्दै आयुर्वेदको मान्यतालाई खारेज गरेका थिए । परिणामस्वरूप आयुर्वेद चिकित्सा पद्धति कमजोर हुदै गएको थियो ।

आयुर्वेदलाई सकेसम्म विकास नहोस् भन्ने उनिहरुको उद्धेश्य सफल रहेन अहिले आएर कोभिड-१९ ले प्राचीन चिकित्सा प्रणाली आयुर्वेदलाई विषेश उद्दार पेश गरेको छ । आयुर्वेद आवश्यक छ भन्नेतर्फ जोड दिएको छ ।

यदि आयुर्वेदलाई अगाडि ल्याउनु छ भने मोर्डन सिस्टमलाई चेन्ज गर्नुपर्छ हटाउनु पर्छ । तब मात्र समग्रमा आयुर्वेदको विकास सम्भव छ । आज ८५% एलोपैथिक डाक्टरहरू आयुर्वेदमा झुकेको बेला आयुर्वेदका डाक्टरहरू एलोपैथिक औषधि लेख्नु राम्रो होइन भन्ने मलाई लागेको छ ।

सरकारले हरेक एलोपैथिक औषधि पसलमा समेत आयुर्वेद औषधि राख्ने इजाजत दिनुपर्छ । यो राजसंस्थाको पालामा थियो तर लोकतन्त्र शाशन व्यवस्था भएदेखि आयुर्वेद माथि अन्याय गर्दै अघि बढेको देखिन्छ यो सवै कमिसनको खेल हो भन्दा खासै फरक छैन ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !