१४ बैशाख २०८१, शुक्रबार

चीनबाट स्वास्थ्य सामग्री लिएर काठमाडौँ आइपुगे दुवै वाइडबडी


वाइडबडी

५ वैशाख, काठमाडौं । चीनको ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री लिएर नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुवै वाइडबडी जहाज काठमाडौँ आइपुगेका छन् । बिहीबार अपराह्न चीन गएका २ वटा वाइडबडी जहाजमध्ये एउटा शुक्रबार बिहान ७ बजेतिर र अर्को सवा ७ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए ।

व्यवसायीले चार्टर्ड गरेका निगमका दुवै जहाज स्वास्थ्य सामग्री लिन बिहीबार राति ग्वाङ्जाओ उडेका थिए । दुवै जहाज केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थलले जनाएको छ । निगमका जहाजले यसअघि पनि चैत १६ र २० गते ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !