७ बैशाख २०८१, शुक्रबार

रोग लाग्नुको मुख्य कारण हो खानपिन


food
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

रोग लाग्नुको पछि मानिसको लापरबाही पक्का छ किनभने हामीले स्वादमा भर पर्छौ के खाने के नखानेमा होइन । यदि हामीले स्वास्थ्यलाई ख्याल गर्न सके कुनैपनि प्रकारको रोग लाग्ने सम्भावना कम हुन थाल्छ ।

आज जतिपनि रोग लागेको छ सवै खानपिनको कारणले गर्दा लागेको छ । पार्टी चाहे डाक्टरको होस् या राजनीतिको किन नहोस् त्यहाँ रक्सी पक्कै हुन्छ । एउटा आम नागरिक भन्दा पढे-लेखेको मान्छे बढी रोगी भएको हामी देख्न सक्छौं ।

विज्ञानले दिएका सवै कृतिम वस्तुको खपत बढी हुनाले नै मानिस रोगको दलदलमा फस्दैछ । विषादी खाना बढि प्रयोग हुदैछ । प्रकृतिले दिएको पानी होस् या सागसब्जी, फलफूल हामीले कम खाने गरेका छौं । जति-जति हामी खानामा मिसावट हुदैछ त्यही अनुपातमा रोग पनि बढ्दैछ ।

पारासिटामोल कै कुरा गरौं यदि यो औषधि हामी लामो समय सेवन गर्छौ भने मृगौला बिग्रन सक्छ । रक्सी खाने व्यक्तिले मेट्रोनाइडाजोल सेवन गर्छ भने उसलाई पेटको क्यान्सर पक्का हुन थाल्दछ । पानी सेवन नगर्ने हडड्रिङ्क बढी गर्नेलाई र बढी औषधि सेवन गर्ने मान्छेको मृगौला बिग्रन सक्छ ।

रोग लाग्ने होइन हामीले ल्याउने हो । समयमा रोगको उपचार नभए क्रोनिक हुन सक्छ । प्रकृतिको निएम अनुसार सफाइमा रहने व्यायम गर्ने । खानुभन्दा २ घण्टा पहिले पानी पिउने मरमसला कमसे कम खाने मासाहारीको तुलनामा शाकाहारी बढी गर्न सके कुनैपनि रोग लाग्ने सम्भावना रहदैन ।

स्वास्थ्य आवश्यक छ । आज हामी रोगको उपचार प्राकृतिक जडिबुटीबाट गराउन सके करोडौं रूपया बाहिर जानबाट रोकिन सक्छ । नागरिक स्वस्थ भए देश स्वस्थ हुन सक्छ । जनता स्वस्थ भए भ्रष्टाचार कम हुनेछ । अनावश्यक पैसा बाहिर जानबाट रोकिनेछ ।

नोबेल कोरोनाबारे चर्चा गरौं । आज नेपालमा जति क्षति हुनुपर्ने हो त्यति भएको छैन । प्रकृतिले नेपाललाई सतर्क र सचेत हुने मौका दिएको छ । यस्तो बेलामा पनि हामीले हेलचेक्य्राइँ गर्‍यौँ भने हामीलाई बर्बादीबाट कसैले जोगाउन सक्नेछैन।

संसारमा कयौँ सबल र सफल देश छन्, जहाँ केही कुराको कमी छैन । झन् स्वास्थ्य क्षेत्रको त कुरै नगरौँ । हाम्रो देश भन्दा कयौँ गुणा माथि छ उनीहरूको स्वास्थ्य प्रणाली । आज तिनै देशका नागरिक विश्वव्यापी महामारीको मारमा परेका छन् ।

उनीहरूको पैसा, चरम विकास र शक्ति पनि निरीह बनेको छ । यदि हामी नेपालीले बेलैमा बुद्धि नपुर्‍याउने हो र सचेत नहुने हो भने यसको परिणाम कस्तो होला ? सोच्न पनि सकिन्न । त्यसको ज्वलन्त उदाहरण इटाली, स्पेन, अमेरिकालाई लिन सकिन्छ । मृत्युको भय कस्तो हुन्छ भन्ने महसुस अमेरिकाले गरिरहेको छ भने इटाली आफ्ना नागरिकको लाशैलाश देख्न बाध्य भएको छ ।

उनीहरूसँग स्रोत र साधनको कमी भएर हो त ? पक्कै पनि होइन । बेला-बेलामा देखापर्ने यस्ता विश्वव्यापी महामारीले गरिब, धनी भनेर छुट्याउँदैन । त्यसैले हामी सतर्क रहनुपर्छ, सरसफाईमा ध्यान दिन र रोगको दलदलबाट आफुलाई र अरूलाई बचाउने काममा जुट्नुपर्छ ।

यो पनि पढ्नुहोस्

मानिसलाई रोग लाग्ने कारणहरु

जीवनभर निरोगी रहन यसो गर्नुहोस्

रोग लाग्नु भन्दा रोग नै लाग्न नदिनु राम्रो

रोग लागोस् नलागोस्, मनको बाघले खायो

मानिसलाई रोग लाग्नुका प्रमुख कारणहरू

रोग प्रतिरोधात्मक क्षमता बढाउने सरल तरिकाहरु

रोग किन लाग्छ ? यस्ता छन् रोग लाग्नुको कारणहरु

रोग किन लाग्छ ? रोगको उपचार गर्दा ध्यान दिनुपर्ने कुराहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !