२३ बैशाख २०८१, आइतबार

कोरोनाको कारण उपत्यकाबाट दैनिक २ लाख यात्रु बाहिरिँदै, रुट परमिट खुला


छाड्न थाले काठमाडौँ उपत्यका

७ चैत, काठमाडौँ । कोभिड-१९ कोरोना भाइरसको संक्रमण हुने डरले काठमाडौं उपत्यकाबाट दैनिक २ लाख यात्रु बाहिरिन थालेका छन् । कोरोनाको त्रासले सरकारले चैत मसान्तसम्म शैक्षिक प्रतिष्ठानहरू बन्द गरेपछि अधिकांश विद्यार्थी आ-आफ्नो घर फर्किन थालेका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार शुक्रबार २ लाख यात्रु काठमाडौंबाट बाहिरिँदै छन् ।

१० चैतसम्मका लागि उपत्यकाबाहिर जाने सार्वजनिक सवारी साधनको टिकट बुक भइसकेको छ । बिहीबार मात्रै निजी र सार्वजनिक सवारी साधनबाट २ लाख यात्रु बाहिरिएका छन् । काठमाडौंबाट बाहिरिने सवारी साधनको संख्यामा वृद्धि भएसँगै उपत्यकाभित्र सञ्चालन हुने सवारी साधनको संख्यामा कमी आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

चैत मसान्तसम्म सबै शैक्षिक प्रतिष्ठान बन्द र परीक्षाहरू स्थगित गरेपछि विद्यार्थीहरू एकैपटक ठूलो संख्यामा उपत्यकाबाट बाहिरिन थालेका छन् । यात्रुको संख्या बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुबाहक यातायातका सवारी साधनलाई ३ वैशाखसम्म रुट परमिट खुला गरेको छ । बिपी राजमार्गको हकमा मापदण्डभित्र पर्ने मात्र सवारी साधनलाई इजाजत खुला गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !