१४ बैशाख २०८१, शुक्रबार

फिस्टुला र पायल्सको सफल उपचार


फिस्टुला र पायल्स
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

फिस्टुला र पायल्सको सफल उपचार । फिस्टुला, पायल्स भएर हैरान हुनुहुन्छ । थुप्रै पैसा खर्च गरिसक्नु भएको छ । ठिक भएको छैन भने आजैदेखि यो फार्मुला अपनाउनुहोस् १००% तपाईको समस्या ठिक हुन्छ । यो उपचारबाट करिब १० हजार जतिले फाइदा उठाई सक्नु भएको छ ।

मेरो प्रतिबद्धता भनेको कुनैपनि व्यक्ति रोगको दलदलमा फसेर दरदरको ठक्कर खान नपरोस् भन्ने हो । यहाँ कतिपय साथीहरुले यसो गर्नुभयो भने हजुरको व्यापार डाउन हुन सक्छ तर म यो सोच्दैन किनकि यो भनेको व्यक्तिगत स्वार्थ भयो हरेकले यसरी नै स्वार्थमा डुब्दै जाने हो भने कल्याण कसले गर्ने ।

यस लेखमा मैले केही सुत्र दिदैछु । यदि फाइदा नदेखिएमा फोन गर्न सक्नुहुनेछ । जुनसुकै समयमा फोनको रिप्लाई दिइनेछ । मैले यो फेसबुक खोल्दा भनेको थिए १० बर्षभित्र ३ करोड नेपालीलाई रोग लाग्नबाट बचाउनेछु तर मेरो उद्धेश्य कति सफल हुन्छ हेरौं ।

फिस्टुलाको अप्रेसन गरिसक्नु भएको छ र पुन: सुरु हुने गरेको छ भने सर्जनलाई भेट्न सक्नुहुन्छ या फिस्टुला पाक्न थालेको छ वढी पिडा दिने गरेको छ भने डाक्टरको परामर्शमा अप्रेसन गराउन सक्नु हुनेछ । यसो भन्नुको अभिप्राय यो होकी फिस्टुलाको अन्तिम उपचार भनेको अप्रेसन हो ।

अधिकांश केसमा औषधिले काम गरेका थुप्रै केस छन् भने कतिपय औषधि खाँदा खाँदा पनि निको नभएका केस पनि हामी काहाँ नआएका होइनन् । यहाँ नेर बुझ्नुपर्ने कुरा के छ भने औषधि सेवन त गरेको छ तर खानपानमा लापरबाही गरेको भए समस्या बल्झने खतरा देखिन सक्छ ।

पायल्सको उपचारमा प्रयोग हुन सक्ने औषधिहरू 

१. Osil (ओसिल)/Dobsil (डबसिल) 500 mg 1 Capsule BD SOS
२. Piloma (पाइलोमा) Capsule 2 Capsule BD 25 day
३. B-17 4×4 QID
४. आइसोलेक्स पाउडर 1 HS
५. Protek Ointment A/BD
६. Kanchanar Guggulu 2 Tablets BD

यस्ता औषधि नजिकका आयुर्वेदिक फार्मेसी/एलोपैथिक काउन्टमा उपलब्ध हुन सक्नेछ । यदि नपाएको खण्डमा ९८५७०४०२९८ मा सोझै सम्पर्क राख्न सक्नु हुन्छ ।

नोट : फिस्टुला र पायल्स रोगमा औषधि भन्दा बढी मुख बार्नुपर्ने हुन सक्छ । फिस्टुला र पायल्स ठिक होस् भन्ने चाहना भएमा मरमसला र माछा-मासु त्याग्नु पर्नेछ । अदुवा बढी खानेहरूमा फिस्टुला हुने खतरा बढेको छ ।

यो पनि पढनुहोस्

थाइराइड के हो ? यो कसरी हुन्छ ?

ल्यूकोरिया भनेको के हो र यसको रोकथाम कसरी गर्ने ?

मधुमेह रोग ठिक पार्ने अचूक औषधी जामुनको उपयोगिता

कोरोना भाइरसको उपचारमा समेत उपयोगी हुन सक्ने असुरोको बारेमा रोचक जानकारी

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !