१३ बैशाख २०८१, बिहिबार

ल्यूकोरिया भनेको के हो र यसको रोकथाम कसरी गर्ने ?


ल्यूकोरिया
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

महिलाको योनीबाट सेतो पानी बग्नुलाई ल्युकोरिया (Leucorrhoea) भन्दछन् । यो महिलाहरुको साधारण समस्या हो । यसलाई ह्वाइट डिस्चार्ज पनि भन्ने गरिन्छ । यो समस्या महिलाहरुमा महिनावारी भन्दा पहिले वा पछि एक या दुई दिन हुने गर्दछ । तर यस्तो समस्या लामो समय हुने गर्छ भने यसलाई रोगको सक्रमण सम्झनु पर्दछ ।

किन हुन्छ ल्यूकोरियाको समस्या ?

१. यौनांगको सरसफाई नगर्दा संक्रमण हुन सक्छ । यसको कारणले सेतो पानी बग्ने समस्या देखिन सक्छ । आजकाल यस्तो समस्या देखिएमा लाजको कारणले भन्ने चलन छैन । पुरूषको तुलनामा महिला बढी संक्रमित हुने हुनाले यसतर्फ विषेश ध्यान पुराउन आवश्यक छ ।

२. कहिलेकाही महिनावारी बन्द हुने समयमा महिलाको शरीरमा हुने हर्मोनल गडबडका कारण यो समस्या देखिन सक्छ । यस्तो देखिएमा उपचार गराउनु पर्दछ । लामो समयसम्म यस्तो समस्या देखिएमा पाठेघरको क्यान्सर हुन सक्छ ।

३. असुरक्षित यौन सम्पर्कको कारणले बारम्बार गर्भपतन गराउदा पाठेघरमा हुने संक्रमणका कारण पनि ल्यूकोरियाको समस्या देखिन सक्छ ।

४. मधुमेहले पनि कहिलेकाँही यौनांगमा संक्रमण गराउन सक्छ । त्यसले गर्दा पनि ल्यूकोरिया हुन सक्छ ।

५. यौन रोग गोनेरिया, क्लेमाईडिया जस्ता यौन सम्पर्कका कारण सर्ने रोगले यौनांगमा संक्रमण फैलाउँदा ल्यूकोरियाको समस्या देखिन सक्छ ।

यो रोगबाट बच्न के गर्ने ?

सेतोपानी बग्ने (ह्वाइट डिसचार्ज ) समस्याबाट बच्नको लागि यौनांगको सफाइ गराउने, स्वस्थ खानेकुरा खाने गुर्न पर्दछ । यौन अंगको सफाई डुस प्रविधिबाट गराउदा थुप्रै रोगबाट बचाउन सकिन्छ । यसरी सफाई गराउदा योनीद्वार खुकुलो हुनबाट समेत रोकेर योनी टाइट हुने गर्दछ ।

सेक्स गर्नु अगाडि पछाडि दुवैले यौन अंग धोएर मात्र सम्मपर्क गर्ने । समय-समयमा फिट्करि पानीले योनी धुने गर्नाले यौन रोग लाग्नबाट बचाउनेछ । यौन अंगको सफाई सवैभन्दा राम्रो उपचार मानिएको छ ।

महिलाले दिशा धुदा हमेसा पछाडिबाट धुनाले राम्रो हुन्छ । पुरूषको यौन अंग लामो भएकाले चाडो सक्रमण नहुने तर महिलाको पिसाब नलि नजीक हुनाले चाडो सक्रमण हुने खतरा रहेकाले सफाईमा ध्यान दिन आवश्यक छ ।

सेतो पानी बग्ने समस्या हल गर्ने आयुर्वेदिक उपचार

१. चार चम्चा धनिँयाको दानालाई रातभर पानीमा भिजाउने । बिहान त्यसलाई छानेर मिश्री थोरै राखेर खाली पेटमा पिउने ।

२. चामललाई अलि धेरै पानी हालेर उमाल्ने । उम्लेको चामलको पानी (माड) मा थोरै नुन राखेर पिउने ।

३. ल्युकोना सिरप ३ चमच दिनमा २ पटक खान दिने ।

४. अशोकारिष्ट र दशमुलारिष्ट्र समभाग मिलाएर विहान बेलुका समभाग पानी मिलाएर सेवन गर्ने यो रोग क्रमश निको हुन्छ ।

५. चन्द्रप्रभाबटि १ गोली चौलानी पानीसंग दिनमा २ पटक खान दिनाले यो रोग चाडो निको हुन्छ ।

नोट : सेतो पानी बग्नु रोगको सक्रमण पनि हुने हुनाले डाक्टरको परामर्श लिएर उपचार गर्ने बानी बसाल्नु पर्दछ ।

यो पनि पढनुहोस्

योगको महत्व र आवश्यकता

स्वास्थ्यको लागि मुङको दाल खानुका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !