२३ बैशाख २०८१, आइतबार

कसरी पार्छ त योगाले मस्तिस्कमा सकरात्मक प्रभाव


योगा
राम ठकुरी
राम ठकुरी

आजको ब्यस्त समयमा संसारको कुनै पनि कुनामा रहेका मानिसहरुले योगा (Yoga) को महत्व बुझ्दै गएका छन र योगा गर्नेहरुको संख्या दिन प्रतिदिन बढदै गइरहेको छ । योगा शारीरिक र मानसिक दुबै स्वास्थ्यको लागि अति नै उपायोगी रहेको तथ्यप्रति हामी अनभिज्ञ छैनौ । यहाँ योगाले मस्तिस्कमा पार्ने उतम प्रभावको प्रणालीबारे प्रकाश पार्न खोजिएको हो ।

योगाले मस्तिस्कमा गामा एमिनो ब्युटाइरिक एसिड (Gamma Aminobutryic Acid ) GABA को मात्रा  बढाउछ 

मस्तिस्कको स्वास्थ्यको लागि योगा एक प्राकृतिक औषधी नै हो । योगा गर्नाले हाम्रो मस्तिस्कमा गामा एमिनो ब्युटाइरिक एसिड (Gamma Aminobutryic Acid ) GABA नामक अत्यन्तै महत्वपूर्ण न्युरोट्रन्समिटर उत्पादन हुन्छ । यो न्युरो ट्रन्समिटरले मस्तिस्कलाई आनन्दमय बनाउने हुँदा हैरानी, डिप्रेसन, तनाव, घड्वडाहट आदी समस्याबाट मुक्त भइन्छ । यो खालको आनन्द ठिक्क मात्रामा पिइएको रक्सीले पनि दिने हुन्छ तर रक्सी सेवन गर्दाको फाइदा सिमित समय सम्म मात्र कायम हुने र अन्य नकारात्मक असर समेत पर्ने हुनाले योगा लाभदायी हुन्छ ।

मा २०१० मा Journal of Alternative and Complementary Medicine मा प्रकाशित एक सोधपत्रको जर्नल अनुसार दैनिक ६० मिनेट योगा गर्नाले हाम्रो मस्तिस्क मा GABA को मात्रा २७ प्रतिशतले बढने हुन्छ जुन अत्यन्तै फाइदाजनक परिणाम हो ।

योगाले मस्तिस्कमा ग्रे म्याटर (Grey Matter) को मात्रा पनि बढाउछ 

ग्रे म्याटर हाम्रो मस्तिस्कको सेरेब्रल करटेक्स  (Cerebral Cortex) र सव कर्टिकल ( Sub Cortical ) को वीच भागमा रहेको हुन्छ । यसको कमी भएमा स्मरण शक्ती नास हुने, तनाव बढने, संबेदनसिलतामा गडबडि आउने, टाउको दुख्ने र बोलिचाली गर्दा शब्दको उचित प्रवाह नहुने हुन्छ । यदि योगा गर्नाले उक्त ग्रे म्याटरको मात्रा बढन गइ यि सम्पूर्ण समस्या बाट मुक्त पाइन्छ र कुनै औषधी सेवन गरी रहनु पर्दैन र औषधिको हानिकारक असरबाट छुट्कारा पाइन्छ । त्यस्तै गर्ववती महिलामा पानी हल्का तनाव र दुखाइको समस्या आउने हुनाले योगा गरेमा मस्तिस्कमा आनन्द र आराम हुनुको साथै दुखाइको समस्या समेत हल हुन्छ । मस्तिस्कमा पाइने यो ग्रे म्याटरलाई नेचुरल पेन किलर (Natural Pain Killer) पनि भनिन्छ ।

*राम ठकुरी जैविक रसायनशास्त्री हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !