१२ बैशाख २०८१, बुधबार

जाडो मौसममा ल्वाङ खाँदाको फाईदाहरु


lywang

ल्वाङ एक महत्वपूर्ण जडिबुटी हो । यो त सबैलाई थाहै भएको कुरा हो । तर ल्वाङ कसरी प्रयोग गर्ने ? र कती मात्रामा प्रयोग गर्ने भन्ने अन्यौल सबैलाई हुन्छ । कतीपय अवस्थामा ल्वाङ सेवन आवस्यकता भन्दा बढी पनि हुन सक्दछ । त्यसैले यसको सहि मात्रामा सहि तरिकाले प्रयोग गर्नु अत्यावश्यक हुन्छ । ल्वाङमा युजेनल नामक तत्व हुन्छ, जसले धेरै प्रकारका स्वास्थ्यसम्बन्धि समस्याबाट मुक्त हुन मद्दत गर्छ । ल्वाङको असर तातो हुने भएकाले चिसो वा रुघाखोकी लागेमा पानीमा उमालेर पिउँनाले फाइदा गर्छ ।

ल्वाङका फाइदाहरू

  • एसिडिटी

ल्वाङ खाने गर्नाले मुखमा ‘सेलाइवा’ बढी उत्पादन हुन्छ, जसले खानालाई राम्ररी पचाउन सघाउँछ र पेटमा एसिडिटीको समस्या हुँदैन ।

  • मुटुको समस्या 

दिनमा एउटै मात्र ल्वाङ चबाउनले पनि कोलेस्ट्रोलको मात्रा कम गर्न सघाउँछ । यसले मुटुसम्बन्धि समस्याबाट बचाउँन मद्दत गर्छ ।

  • घाउ

ल्वाङमा पाइने ‘एन्टीब्याक्टेरियाल’ तत्वले घाउलाई चाँडै निको हुन सघाउँछ ।

  • रोगसँग लड्ने क्षमता

यदि खानामा ल्वाङलाई पनि मिसाउनु भएको छ भने शरीरलाई रोगसँग लड्ने क्षमता बढ्छ र तपाई धेरै रोगहरुबाट बच्न सक्नुहुन्छ ।

  • अनुहारमा चमक

दिनमा दुई पटक ल्वाङ हालेको चिया पिउनाले अनुहारमा चमक बढ्छ ।

  • नरम छाला 

ल्वाङमा पाइने ‘एन्टीओक्सिडेन्ट्सले छालालाई नरम र चमकिलो बनाइराख्न मद्दत गर्छ ।

  • कमजोरी भगाउँछ 

यसमा ‘पोटासियम’ हुन्छ, जसले कमजोरी भगाउने र तुरुन्तै ऊर्जा दिन्छ ।

  • आँखाका लागि 

अधिक मात्रामा पाइने भिटामिन ए ल्वाङले आँखाको ज्योति कायम राख्न मद्दत गर्छ ।

  • दाँत दुखाई

ल्वाङमा पानइने ‘एन्टी इफ्लेमेटरी’ गुणले दातको दुखाईलाई कम गर्न मद्दत गर्छ ।

  • पिनास

यसमा ‘युजेनल’ पाइन्छ । बिहान–बेलुका ल्वाङको चिया पिउनाले पिनासको समस्याबाट राहत पाउँन सकिन्छ । एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !