२४ बैशाख २०८१, सोमबार

पिलोको समस्यावाट बच्ने उपायहरु


pilo

पिलो एक किसिमको छालाको सङ्क्रमण हो जुन खटिराको रूपमा लिइन्छ । यसका कारण हुने घाउ अन्यभन्दा अलिक फरक र पीडादायी हुन्छ । पिलो भएमा शरीरका कुनै भागमा फोकाजस्तो देखिन्छ र त्यसमा पीप जम्न थाल्छ । पिलोको समस्या शरीरको कुनै पनि अंगमा हुनसक्छ । यद्यपि, हातगोडा, पिठ्युँ, काखीमुनि र जाँघको वरिपरि यस्तो समस्या बढी हुने गर्छ । कुनै पिलोमा एकभन्दा बढी मुख हुन्छन् । त्यसको कारण एकभन्दा बढी रौंका जराहरू वा तेलग्रन्थीहरूमा सङ्क्रमण हुनु हो । विशेषगरी पुरुषहरूमा धेरैवटा मुख भएको पिलो आएको पाइन्छ । पिलो साधारणतया किशोर९किशोरीहरू तथा बयस्कहरूमा आएको पाइन्छ ।

बालबालिकाहरूमा पिलो आएको त्यति सुनिँदैन । कसैकसैलाई बारम्बार पनि पिलो आउने गर्दछ । पिलो यही कारणले आउँछ भनी ठ्याक्कै भन्न सकिँदैन । सामान्यतया मानिसहरूलाई सरसफाइमा ध्यान दिन नसकेको, कामको धपेडी धेरै भएको र खानपानमा ध्यान दिन नसकेको अवस्थामा पिलो आउने गर्दछ । तर, यससँग सम्बन्धित केही कुराहरूलाई याद गर्नुपर्छ ।मुख्यतया सरसफाइमा ध्यान दिन नसकेको खण्डमा पिलो आउन सक्दछ । किशोरकिशोरीहरूमा हर्मोनको प्रभावले गर्दा छालामा रहेका तैलीय ग्रन्थीहरूबाट धेरै तैलीय पदार्थ निस्किएर फोहोर हुने हुनाले पनि सो उमेर समूहका व्यक्तिहरूमा यो समस्या देखिन सक्दछ । पिलो भएमा शरीरको कुनै अंग रातो हुने, फुल्ने, सुन्निने, ढुसी पर्ने, पीप जम्मा हुने र पीप निस्कने गर्छ । पिलो भएमा उपचारका लागि बजारमा विभिन्न औषधी र मलम किन्न पाइन्छ । जबकि, आयुर्वेदिक औषधीद्वारा यसको समस्याबाट सजिलै मुक्ति पाउन सकिन्छ ।

  • गहुँ 

गहुँको केही दानालाई केहीबेर चपाएर त्यसको लेपलाई पिलो भएको ठाउँमा लगाउनाले यसबाट मुक्ति पाउन सकिन्छ ।

  • बेसार 

पिलोको राम्रो औषधी बेसार पनि हो । बेसारको प्रयोगले घाउको दुःखाई कम गर्न मद्दत गर्छ । पिलोको वरिपरि बेसारको लेप बनाएर लगाएको खण्डमा यसबाट छिट्टै राहत पाउन सकिन्छ ।

  • मेहेन्दी

पिलोको दुःखाई कम गर्न मेहेन्दीको प्रयोग लाभकारी हुनसक्छ । मेहेन्दीमा पाइने चिसो गुण यसका लागि फाइदाजनक हुने गर्छ । अझ, पिसेको मेहेन्दीलाई पिलो भएको ठाउँमा साँझबिहान बाक्लो लेप बनाएर लगाउनु पर्छ ।

  • निम 

निमले शरीरबाट पिलो निको पार्न मद्दत गर्छ । निमलाई पिसेर लेप बनाई पिलोको वरिपरि लगाउनु पर्छ ।

  • लसुन 

लसुन पिसेर लेप बनाएर घाउमा लगाउनुस् । दैनिक २-३ वटा काँचो लसुनको पोटी चपाएर खानाले पनि पिलोबाट राहत पाउन सकिन्छ ।

  • प्याज

प्याजमा एन्टिसेप्टिक तत्व पाइन्छ, जसले पिलो निको पार्न मद्दत गर्छ । प्याजको एउटा स्लाइसलाई घाउमा राखेर कपडाले बाँध्नोस् । एक वा दुई घण्टापछि निकालेर यो प्रक्रिया पुनः दोहोर्‍याउनुस् । पिलो छिट्टै निको हुन्छ ।

  • दही, जिरा र कालो मरिच 

दही र जिरा पाउडरको प्रयोगबाट पनि पिलोबाट छुटकारा पाउन सकिन्छ । चाँडै छुटकारा पाउन जिरालाई मसिनो गरी दहीमा मिसाएर त्यसमा थोरै कालो मरिच हाली पिलो भएको ठाउँमा लगाउनुस् । एजेन्सीको सहयोगमा

यो पनि पढ्नुहोस्

मिर्गौला संक्रमण हुने कारण, यसवाट कसरी बच्ने ?

मिर्गौला फेल हुने कारण

मिर्गौला पत्थरी भएका व्यक्तिले खान हुने र नहुने फाइदाहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !