२० बैशाख २०८१, बिहिबार

गर्भवती अवस्थामा पेटमा कोरिएको दाग हटाउने उपायहरु


preg

गर्भवती अवस्थामा महिलाहरुको छाला निकै सेन्सेटिभ भएका हुन्छन् । त्यहाँ हातले कन्याए अथवा च्यापिएमा पनि छाला च्यातिएर दाग बस्न सक्छ । बच्चा पाइसकेपछि पनि छालामा बसेको उक्त दाग लामो समयसम्म जाँदैन । यसले गर्दा महिलाहरुको सौन्दर्यमा असर पु¥याउन सक्छ । त्यसैले यस्ता दाग हटाउनका केही उपायहरु अपनाउन सकिने अध्ययनले जनाएको छ ।

  • चिनी

२ चम्चा चिनीमा बदामको तेल र कागतीको जुस मिसाएर घोल्ने । उक्त घोललाई दाग भएको छालामा लेप्ने । १० मिनेटसम्म दाग वरिपरि मसाग गर्ने र पखाल्ने । एक महिनासम्म यो विधि अपनाउनेले छाला च्यातिएर भएको दाग हटाउन सकिन्छ ।

  • आलु

तरकारीको राजा आलुमा प्रशस्त खनीज पदार्थ र भिटामिन पाइन्छ । यसमा भएको भिटामिन ई र के ले छालाका कोषहरूको वृद्धिविकास तथा छालामा भएको दागधब्बालाई समेत निको पार्नसक्छ । त्यसैले आलुलाई काटेर दागमा दल्ने । आलुको रस सुकिसकेपछि मनतातो पानीले पखाल्ने । दाग नहराउञ्जेल नियमित यो विधि अपनाउन सकिन्छ ।

  • सुपारी

सुपारीमा प्रशस्त भिटामिन ई पाइन्छ । यसले क्षय भएका शरीरका कोषहरूलाई पुनर्जिवीत गराउने काम गर्छ । त्यसैले सुपारीलाई १ घण्टासम्म भिजाएर खस्रो सतहमा घोट्ने । बाक्लो लेप बनाएर शरीरका कुनै पनि दाग भएको ठाउँमा लगाउन सकिन्छ ।
राति यसको लेप लगाएर विहान उठेर पखाल्दा उचित हुन्छ ।

  • अण्डाको सेतो भाग

उसिनेको वा काँचै अण्डाको रानिलाई छुट्याएर बाहिरको सेतो भागको पेस्ट बनाएर नियमित दाग बसेको छालामा लगाउनाले दाग बिस्तारै हट्दै जान्छ ।

  • घिउकुमारी

घिउकुमारीको एउटै विशेष गुण भनेको यसको जलनविरोधकता हो । यसले छालामा भएको जलन, घाउ, चोटपटक लगायत दाग र धब्बालाई समेत निको पार्दछ । त्यसैले दैनिक घिउकुमारीको एउटा डाँठ चपाउनुपर्छ । त्यस्तै च्यात्तिएको छालालाई निको पार्नको लागि दिनहुँ दागमा घिउकुमारीको जेल लगाउने र १०/१५ मिनेटपश्चात मनतातो पानीले पखाल्नु पर्छ । एजेन्सीको सहयोगमा

यो पनि पढ्नुहोस् 

गर्भवती महिलाले एक दिनमा कति पानी पिउने ?

यस्ता छन् सुत्केरी हुने डर अर्थात् टोकोफोबिया


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !