२३ बैशाख २०८१, आइतबार

भित्तामा टाँसेको तस्बिरवाट हाम्रो स्वास्थ्यमा हुने बेफाइदा


picture

घरलाई सुन्दर बनाउनका लागि भित्ताहरुमा लगाइने तस्बिर कहिलेकाँही समस्याको कारण बन्नसक्छ । कतिपयलाई यो कुरा थाहा नहुनसक्छ तर यो सत्य हो । यदि कुनै पनि तस्बिर वास्तुको अनुसार भित्तामा लगाइएन भने त्यसको सकरात्मक वा नकरात्मक असर जीवनमा पर्न सक्छ । वास्तुशास्त्रको अनुसार कतिपय यस्ता तस्बिरहरु हुनसक्छन् जसले घरमा नकरात्मक ऊर्जाको बास गराउँछ र घरमा तनाव बढाउँछ । केही यस्ता तस्बिरहरु छन् जसले दुर्भाग्य र सौभाग्य जगाउँछ । हामी घरपरिवारको तस्बिर लाई कोठामा सजाएर राख्ने गर्छौं । यस्तो फोटो राख्ने समयमा फेंगशुईको नियमलाई ध्यानमा राख्न आवश्यक छ । यस नियम अनुसार आफ्नो परिवारको तीन सदस्यको तस्बिर कहिल्यै भित्तामा राख्नु हुँदैन । फेंगशुईको नियम अनुसार यसलाई शुभ मानिदैँन । तीन मित्रहरुको तस्बिर राख्दा पनि यसले मित्रतामा अड्चन उत्पन्न गराउँछ ।

कुनै पहाडबाट झरिरहेको झर्नालाई सौन्यदर्यताको प्रतिक मानिन्छ । यद्यपि यस्ता तस्बिर वास्तुशास्त्रमा अशुभ मानिन्छ । वास्तुविद्हरुको अनुसार यसले सम्पति नाश हुने र अतिरिक्त खर्च बढाउँछ । धार्मिक मानिसहरु प्रतेक कोठामा भगवानको तस्बिररहरु लगाउँछन् । तर वास्तुशास्त्रको अनुसार त्यसले शुभको सट्टा अशुभ प्रभाव घरमा फैलाउँछ । ईश्वरको तस्बिरका लागि घरमा पवित्र स्थल बनाउँदा उचित मानिन्छ । अस्ताएको सूर्यको निकै सून्दर देखिन्छ तर यस्ता तस्बिरले जीवनमा नकरात्मक असर पार्छ । यसले आशाको ठाउँमा निराशा र उन्नतिको स्थानमा अवनति ल्याउँछ । उल्लूलाई माता लक्ष्मीको सवारी मानिन्छ तर यदि तपाई उल्लूमा सवार माता लक्ष्मीको तस्बिरलाई घरमा लाउनु हुन्छ भने यसले तनाब बढाउन सक्छ । जनश्रुति छ गलत तरिकाबाट धन आर्जन गर्ने मानिसहरुको घरभित्र माता लक्ष्मी उल्लूमा सवार भएर प्रवेश गर्छिन् र त्यहाँको सुख खुशीलाई बर्बाद बनाउँछिन् ।

नटराजको मूर्तिमा भग्वान् शिवको तान्डव नृत्य मुद्रालाई देखाइएको छ । यसलाई घरमा लगाउनु अशुभ मानिन्छ । संसारमा प्रलय गएको अवस्थामा भग्वान् शिव उक्त मुद्रामा बसेका कारण यसले प्रलयको संकेत दिन्छ । घरमा हिंस्रक पशुहरुको तस्बिर लगाउनु हुँदैछ यसले घरमा नकरात्मक शक्ति उत्पन्न गराउँछ जसले गर्दा घरमा झगडाहरु उत्पन्न हुन्छ । घरमा जनावरको लडाई वा कुनै पनि युद्को तस्बिरहरु लगाउनु र महाभारतको ग्रन्थ राख्नु हुँदैन । यसले घरमा अशान्ति उत्पन्न हुन्छ । ताजमहल प्रेम र सौन्दर्यताको प्रतिक हो । तर यो वास्तवमा राजा शाहजाँ र उनकी वेगम मुमताजको यादमा बनाइएको मकबरा हो । हिन्दु परम्परा अनुसार मृत्युसँग जोडिएका कुनै पनि चिजलाई घरमा राख्नु हुँदैन । डुब्दै गरेको जहाज निराशाको प्रतिक हो । यस्ता तस्बिरलाई घरमा स्थान दिनु हुँदैन । एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !