२६ बैशाख २०८१, बुधबार

लायन्स क्लबद्वारा आयोजित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न


helath

३ पुस, दोलखा । लायन्स क्लब अफ काठमाडौँ लर्ड बुद्ध, लियो क्लब अफ काठमाडौँ लर्ड बुद्ध, सहिद गंगालाल अस्पताल, भिजन पोलिक्लिनिक र भरोसा अस्पतालको आयोजनामा गरिएको नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ ।

गत शनिबार दोलखाको सांस्कृतिक मा.वि. मा लायन्स क्लब अफ लर्ड बुद्धका सदस्य लायन हिमाल श्रेष्टको संयोजकमा आयोजना गरिएको उक्त शिविरमा पाँचसय बिरामीहरुलाई इसियो, इसिजी, रगत परिक्षण लगायत नि:शुल्क औंषधि वितरण गरिएको लायन्स क्लबका अध्यक्ष बिष्णु भण्डारीले जानकारी दिए ।

अध्यक्ष भण्डारीका अनुसार, उक्त शिविरमा उपस्थितिमध्ये सबैभन्दा धेरै महिलाहरु रहेका थिए । जसमा महिलाहरुको पाठेघरमा समस्या देखिएका थिए । चारजना महिलाहरुको माठेघर क्यान्सर भएको लक्षण देखिएपछि ती महिलाहरुलाई काठमाडौंको गंगालाल अस्पतालमा ल्याई नि:शुल्क परिक्षण गर्ने गंगालाल अस्पतालले सम्झौंता गरिएको छ ।

त्यस्तैगरी उक्त शिविरमा ७ वर्षकी एक बालिकाको मुटुको समस्या देखिएको थियो । नियमित औंषधि सेवन गर्न पर्ने परेको कारणले गर्दा ती बालिकालाई भिजन पोलिक्लिनिकले नियतिम औंषधि उपलब्ध गराउने समेत सम्झौंता गरेको छ ।

सो नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रममा सहिद गंगालाल अस्पतालवाट डा. संजय केसी, डा. विनिता केसी, वरिष्ठ मुटु विशेषज्ञ सहित १५ जना डाक्टरहरु उपस्थिति रहेको थियो । त्यस्तैगरी भिजन पोलिक्लिनिक कोटेश्वरवाट डाक्टर रविना पाठक, डा .महेश र भरोशा अस्पतालवाट दुईजना डाक्टरहरु उपस्थिति रहेको थियो ।

यसरी नि:शुल्क स्वास्थ्य शिविर गर्दा गाउँका सम्पूर्ण बासिन्दाहरु निकै नै हर्षित भएका थिए । विभिन्न रोगवाट ग्रसित विरामीहरुलाई नि:शुल्क स्वास्थ्य परिक्षण र औंषधि वितरण गरेकोमा धेरै खुसी लागेको सांस्कृतिक मा.वि.का प्रधानध्यापकले बताए ।

सरकारले नि:शुल्क स्वास्थ्य, शिक्षा उपलव्ध गराउनुपर्ने तर अहिले सरकारले स्वास्थ्य, शिक्षा क्षेत्रमा कुनै चासो देखाएको देखिदैनन् । तर पछिल्लो समयमा लायन्स क्लब जस्ता अन्य विभिन्न संसस्थाहरु यस्ता सामाजिक कार्यहरुमा निकै नै सक्रिय देखिन्छन् ।

लायन्स क्लब अफ काठमाडौँ लर्ड बुद्ध तथा लियो क्लब अफ काठमाडौँ लर्ड बुद्धले पछिल्लो समयमा विभिन्न विकट क्षेत्रहरुमा रक्तदान तथा मुटु रोगहरु सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविरहरु गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

लायन्स क्लबद्वारा सरसफाई

लायन्स क्लबद्वारा विद्यालयलाई एक सय ५० थान ड्रेस र झोला सहयोग गर्दै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !