२३ बैशाख २०८१, आइतबार

बच्चालाई कृत्रिम तरिकाले सुताउनु कति प्रभावकारी ?


child

पछिल्ला पाँच वर्षमा शिशुहरुलाई कृत्रिम तरिकाले निदाउन सक्ने सहयोगी (कन्सलटेन्ट)को संख्यामा ह्वात्तै वृद्धि भएको छ । कन्सल्टेन्टले शिशुलाई नखुवाई रातभर निदाउन सक्ने बताउदै आएका छन् । यदि उनीहरुले भने जस्तो शिशुलाई तालिम दिएर सुताउन सक्ने बनाउन सकेमा अभिभावकहरुका लागि यो सुखद खबर हुनेछ । तर यसले शिशुका लागि कत्तिको फाईदा गर्छ भन्ने अर्को महत्वपूर्ण पाटो छ ।

म्यान्चेस्टरकी अन्ना कोरम्याक तीन शिशुकी आमा हुन् । कान्छो छोरा जोनी १५ महिनाका भयो । जोनीलाई स्तनपान गराउन उनी रातमा दुई तीन पटक व्युझिन्छिन् । जोनी जन्मेदेखि उनी अहिलेसम्म प्रर्याप्त सुत्न सकेकी छैनन् । उनको पार्टनर रातीको डियुटीमा हुन्छन् । तसर्थ शिशुलाई रातमा हेर्ने जिम्मा उनकै काँधमा छ ।

  • ५० प्रतिशत बच्चा बारम्बार व्युझन्छन्
  • ९ प्रतिशत बच्चा प्राय रातमा व्युझन्छन्
  • १६ प्रतिशत बच्चाको नियमित सुत्ने शैली हुन्न ।
  • ६१ प्रतिश बच्चा ६ महिनासम्म नियमित सुत्छन् ।

‘रातमा दुई देखि तीन घन्टा मात्र सुत्न पाउछु,’ उनी गुनासो गर्छिन , ‘यसले निकै असर गरेको छ । हरेक रात सुत्न नपाउदा मानसिक रुपमा पीडा बढ्न थालेको छ,’ अन्ना भन्छिन् । अन्ना त केबल प्रतिनिधि आमा हुन । उनी जस्ता विश्वका करोडौं  महिला यस समस्याबाट पीडित छन् ।

बेलायतमा साढे सात हजार अभिभावकमाझ गरिएको एउटा अनुसन्धानमा साना बच्चाका आमाहरु रातमा पर्याप्त सुत्न नसकेको बताए, तथपी विश्वभरका आमाले कुनै न कुनै बेला यस्तो समस्या सामना गरेका छन् । ३५ प्रतिशतले आफू रातभर सुत्न नपाउँदा निन्द्राबाट पूर्ण रुपमा बञ्चित हुँदा मानसिक रुपमा थकित भएको बताएका थिए ।

रातको अनिन्द्राकै कारण आफ्नो दैनिकी अस्तव्यस्त भएको अन्नाको गुनासो छ । ‘थकानका कारण दिउसो साथीहरुसँग भेटघाट गर्न सक्दिन,’ उनी भन्छिन् । यस्तै समस्याका कारण बेलायती आमाहरुले बच्चालाई निदाउन तालिम दिने कन्सल्टेन्टबारे सोचिरहेका छन् । दश पन्ध्र वर्ष अगाडि निदाउन तालिम दिने कन्सल्टेन्टको संख्या औलामा गन्न सकिने थियो । तर पछिल्ला पाँच वर्षमा बेलायतमा हवात्तै बढेको एशोशियसन अफ प्रोफेसनल स्लिपका युरोपियन क्षेत्रीय निर्देशक जुली क्लिसबाई बताउँछिन् ।

इनफ्न्ट स्लिप कन्सलटेन्टका संञ्चालिका काटी पामरका अनुसार बालबालिकाको प्रौढको भन्दा निन्द्राको चक्र निकै छोटो हुन्छ र एउटै रातमा १० पटक भन्दा बढी व्युझन्छन् ।

केही कन्सल्टेन्टले बच्चालाई रातमा आमाको सट्टा छुट्टै सुत्न दिनुपर्ने बताउँदै आएका छन् । तर केही अनुसन्धानकर्ताहरुले बच्चालाई रुन छोडिदिदा स्ट्रेस हर्मन कोर्टिसल बढाउने र यसले बच्चाको भावनात्मक विकासमा असर गर्ने चेतावनी दिएका छन् । यस प्रविधिले बालबालिकालाई नकरात्मक अशर नपार्ने अर्कोे एक अध्ययनले देखाएको छ । अनुसन्धानलाई केलाउने हो भने के प्रष्ट हुन्छ भने साढे दुई वर्षसम्मको बच्चा रातमा नियमित व्युझनु सामान्य विषय हो ।

‘जुन सुकै रुवाई पीडादायी हुन्छ, र यसले कोर्टिसल उत्पादन गर्छ,’ पामर भन्छिन्, ‘तर सुताईबाट बञ्चित गर्नु पनि राम्रो होइन यसले पनि स्वास्थ्यमा दीर्धकालिन अशर गर्छ ।’ सुताईको तालिम सबै वच्चाहरुलाई आवश्यक नपर्ने पामर बताउँछिन् । ६ महिनामुनिको बच्चालाई कहिल्यै तालिम दिनुहुन्न ।

साढे दुई वर्षसम्म रातमा बच्चा बारम्बार व्युझनु सामान्य भएको दी जेन्टल स्लिप बुकका लेखिका सारह ओकवेल स्मिथ बताउँछिन् । निन्द्रा सम्बन्धि एक रिपोर्ट अनुसार बच्चाको निदाउने शैली यस्तो हुन्छ । केबल १६ प्रतिशत बच्चा मात्र रातभर निदाउँछन् ।-एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !