२० बैशाख २०८१, बिहिबार

मिर्गाैलापीडितको उपचारका लागि पाँच लाख सहयोग


moneyy

२२ असोज, म्याग्दी । मङ्गला गाउँपालिका–५ नेटाका मिर्गाैलापीडित सुरेश छन्त्यालको उपचारका लागि कुवेतबाट आइतबार रु पाँच लाखभन्दा बढी सहयोग प्राप्त भएको छ ।

दुवै मिर्गाैलाले काम गर्न नसक्ने भएपछि थलिएका १९ वर्षीय सुरेशको उपचारका लागि प्रवासी म्याग्देली नेपाली सङ्घ (मोना) कुवेतको पहलमा रु पाँच लाख पाँच हजार २१० सहयोग जुटेको हो ।

परिवारको कमजोर आर्थिक अवस्थाका कारण डायलोसिस, मिर्गाैला प्रत्यारोपण र औषधि खाने खर्च जुटाउन नसकेपछि ओमकुमारी शान्ति कोषले भदौ ५ गतेदेखि सुरेश बचाउ अभियान शुरु गरेको थियो ।

मोना कुवेतका अध्यक्ष प्रेमबहादुर विश्वकर्मा र कोषाध्यक्ष कृष्णप्रसाद खड्काले कोषका अध्यक्ष राजेश शाक्य र अभियानका संयोजक डकबहादुर रोकामार्फत सुरेशकी आमा सीतालाई नगद हस्तान्तरण गर्नुभयो ।

यसैगरी सुरेशको उपचारका लागि हाल जापानमा रहनुभएका कमल बानियाँ र सुरेश पुनको पहलमा सङ्कलित रु ८९ हजार ५५० पनि सोही कार्यक्रममा हस्तान्तरण गरिएको थियो । अलका अस्पतालमा उपचार गराइरहेका छन्त्यालको लागि हालसम्म रु २३ लाख सहयोग जुटेको संस्थाले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !