२१ बैशाख २०८१, शुक्रबार

चुरोट र सूर्तीको हानीलाई कम गर्ने खानेकुराहरु


churot

निकोटिनले स्वास्थ्यमा धेरै हानी गर्छ । निकोटिनको प्रमुख श्रोत धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन हो । धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन क्यान्सरको प्रमुख कारण मानिन्छ । सूर्तीमा पाइने निकोटिन मुख्य साइकोएक्टिभ तत्व हो । निकोटिन पिउनेको कलेजो र रक्तनलीमा पुगी शरिरका सम्पूर्ण भागमा सो विष पुग्छ । केही खानेकुराले शारीरिक प्रणालीलाई स्वस्थ बनाउन मद्धत गर्छ ।

फोलिक एसिडयुक्त पालकमा प्रशस्त मात्रामा भिटामिन हुन्छ । नियमित रुपमा पालकको साग खाँदा यसले फोक्सो र रक्तनलीबाट शरीरको निकोटिन फाल्न सहयोग पुर्‍याउँछ । ब्रोकाउली फोक्सोको लागि अत्यधिक स्वस्थकर मानिन्छ । यसले निकोटिनले शरीरमा उत्पन्न गर्ने विषादी हटाई अंगहरुको रक्षा गर्छ । ब्रोकाउलीमा भिटामिन बी र भिटामिन सी पाइन्छ ।

सुन्तालामा पर्याप्त मात्रामा भिटामिन सी पाइन्छ । एन्टिअक्सिडियन्टयुक्त यस फलले शरीरका हानिकारक र अनावश्यक पर्दाथलाई निष्क्रिय बनाइदिन्छ । भिटामिन ए, भिटामिन के, भिटामिन सीयुक्त गाजरले शरीरका अन्य हानिकारक पदार्थलाई बगाएर फालिदिन्छ।

स्ट्रबेरी, रसबेरी, ब्लुबेरीमा प्रशस्त भिटामिन सी र एन्टिअक्सिडियन्ट हुन्छ, जसले रक्तनलीका विकारलाई हटाइदिन्छ । रगतलाई सफा गर्नको लागि अनार निकै प्रभावकारी फल हो । रगतमा मिसिएको निकोटिन लगायतका हानिकारक तत्व फाल्नका लागि यो निकै प्रभावकारी मानिन्छ ।

किवी अर्को महत्वपूर्ण र प्रभावकारी फल हो जसले रगतमा रहेका निकोटिनलगायतका हानिकारक विषादीलाई पखालेर रगतलाई सफा बनाइदिन्छ । नियमति किबीको सेवनलाई स्वास्थमा अन्य फाइदा पनि गर्छ ।

यो पनि पढ्नुहोस्

चुरोट तथा सुर्तीजन्य पदार्थको लत छुटाउने उपायहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !