१३ बैशाख २०८१, बिहिबार

चुरोट तथा सुर्तीजन्य पदार्थको लत छुटाउने उपायहरु


smoke

मानिस यो धर्तीमा जन्मिसकेपछि एउटा न एउटा वानी लिएरै आएको हुन्छ । धेरै खालका वानीहरुमध्ये चुरोट तथा सुर्ती सेवन पनि एक हो । यस लतमा मुख्यगरी किसोर तथा किसोरिहरु रहर र देखासिकीले सुर्तीजन्य पदार्थको सेवन गर्ने र पछि लात्कै रुपमा विकास हुदैँ गएको देख्न सकिन्छ । कतिपय व्यक्तिहरु दुख भुलाउने बाहानामा पनि चुरोटको प्रयोग गरेको पाइन्छ । जस्तोसुकै व्यक्तिले पनि सेवन गरेको हुन्छ । चाहे त्यो शिक्षित नै किन नहोस् । यो एक खालको लत पनि हो । जुन लतमा फसिसकेपछि त्याग्न पनि त्यति सजिलो हुदैन । कतिपय मानिसहरु यस्ता लतमा फसेको कारणले गर्दा जीवन मृत्युको मुखमा पुगेका हुन्छन् तर उनीहरु कहिले पनि छोड्न सक्दैनन् ।

३० प्रतिशतभन्दा बढी क्यान्सर यसमा हुने ‘बेन्जोपाइरिन’जस्ता क्यान्सर कारक रसायनले हुने देखिएको छ । फोक्सो, मुख, पेट, घाँटी, पिसावथैली, मिर्गौला, कलेजो, प्यांक्रियाज र अरु धेरैखालका क्यान्सर सुर्तीजन्य पदार्थको सेवनका कारण हुन्छ । तर पनि यो कुरा थाहा हुदाहुदै पनि चुरोट तथा सुर्ती सेवन गरेको पाइन्छ । भनिन्छ, अशिक्षित व्यक्तिले मात्र चुरोट तथा सुर्ती सेवन गरेको हुन्छ तर यो होइन । अहिलेको सन्दर्भमा हेर्ने हो भने, सबै मानिसहरुले सेवन गरेका हुन्छन् ।

एउटा हस्पिटलको डाक्टरले कुनै विरामीलाई चुरोट तथा सुर्तीजन्य पदार्थको सेवन गर्नु हुदैन, भनेर सल्लाह दिने गरेपनि कतिपय डाक्टरहरु स्वयम चुरोट तथा सुर्तीजन्य पदार्थको सेवन गरिरहेका हुन्छन् के उनीहरुलाई थाहा हुदैन, कि यो सेवन गर्न हुदैन, हाम्रो शरीरको लागि हानिकारक छ भन्ने कुरा । त्यसैले यो एउटा कुलत हो । जो फसेको हुन्छ त्यो व्यक्तिलाई फेरि कुलत त्याग्न त्यतिकै समस्या पनि हुन्छ । यदि गर्भवती महिलाले सुर्तीजन्य पदार्थको सेवन गर्दा शिशुको तौल कम हुने, मानसिक र शारिरीक विकासमा असर पर्ने तथा अरुको सेवनले परिवारजनलाई पनि गम्भीर असर पार्ने देखिएको छ ।

उदासिन, छटपटी, पागलपन, मद्यपान र अन्य नशालु पदार्थको दुर्व्यसनसहित मानसिक समस्याहरुसँग पनि यसको सम्बन्ध गाँसिएको छ । विश्वमा करिब एक अर्ब मानिस चुरोट तथा सुर्तीको सेवन गर्छन् र यसकै कारण प्रतिवर्ष ६० लाख मानिसको मृत्यु हुन्छ । यसको गम्भीर र व्यापक प्रयोगका कारण हुने विविध स्वास्थ्य समस्या, बिकलांग र मृत्युवाट पर्ने आर्थिक हानी र व्यय आदिको यथार्थपरक विश्लेषणवाट यो मानव जातिको सबैभन्दा खतरनाक स्वास्थ्यनासक र विकासको बाधक भएको पुष्टि हुन्छ ।

चुरोट-सुर्तीजन्य पदार्थको बारेमा व्यक्ति, परिवार, समाज मिलेर सुसूचित र सचेत गराएर रोकथाम गर्नेतिर लाग्न जरुरी छ । यसको प्रयोग र समस्या हुन नदिन जनचेतना जगाउनुपर्छ । कर बढाउने, विज्ञापनमा रोक लगाउने, निश्चित ठाउँमा मात्र बिक्री–वितरण र धूमपान गर्ने कानुन लागू गर्नुपर्छ । सुर्तीजन्य पदार्थकोसेवन गर्दै नगर्ने, गर्नेहरुको संगतवाट विशेषतः बच्चालाई टाढा राख्ने, बालबालिकाको अगाडि अभिभावकले सेवन नगर्ने, उनीहरुलाई सुर्तीजन्य पदार्थको बिक्रि–वितरण नगर्ने र सल्काउन पनि नलगाउने । सुर्तीको सट्टा अरु खेती गर्न प्रोत्साहन गर्ने जस्ता कुराहरुमा ध्यान दिन जरुरी छ ।

यसवाट छुटाउने उपायहरु:

१. चुरोट-सुर्तीजन्य पदार्थवाट असर र लत छुटाउने विधिहरु वारे जानकारी लिने ।
२. यो सेवन छाड्ने कुरामा व्यक्ति, परिवारजन, साथीभाई, सहकर्मी, चिकित्सक सबैले महत्वका साथ उत्साह जगाउने ।
३. कुलतमा फसेकोलाई परिवार देखि लिएर साथीभाइ, सहकर्मी सबैले सरसल्लाह र सहयोग जुटाउने ।
४. यदि सेवन हुने डर भएकाले अम्मल छाड्ने उत्साह, उमङ्ग र साहस अभिवृद्धि हुने खालका कुराकानी र परामर्श दिने ।
५. सेवन गर्ने वानी मेट्न र अपनाउन सकिने उपायबारे दक्ष चिकित्सकसंग जानकारी लिने ।
६. प्रसस्त रपमा झोल कुरा, सागसब्जी, मनपर्ने र पोषक खानाको सेवन गर्ने ।
७. गम, लोजेङ, प्याच, स्प्रे र इन्हेलर औषधिहरु सेवन गर्ने ।
८. आफ्नो दैनिकीलाई व्यस्त बनाउने ।
९. कुलतमा फसेका व्यक्तिदेखि टाढा रहने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !