२० बैशाख २०८१, बिहिबार

शरीरका विकार फाल्न यस्ता छन् उपयोगी खाना


aalas

शरीर स्वस्थ हुन सके मात्र हामीले दैनिक काम सहजरुपमा सम्पन्न गर्न सक्छौं । शरीरलाई स्वस्थ राख्न शरीर विकाररहित हुनु आवश्यक छ । शरीरलाई विकाररहित बनाउन अथवा शरीरमा विकारको मात्रा कम गर्न यस्ता खाना खाने गर्नुपर्छ :-

गहुँको जमरा

गहुँको जमरामा पाइने तŒवले एसिडिटी कम गर्ने, शरीरलाई विकाररहित बनाउने र कलेजोलाई स्वस्थ राख्ने गर्छ  । साथै यसले रगत शुद्ध गर्ने, रक्तचापलाई नियन्त्रित राख्ने आदि पनि गर्छ ।

आलस

आलसमा पाइने फाइवरले आन्द्रालाई सफा गर्छ । साथै, यसमा ओमेगा–३ नामक तैलीय पदार्थ पनि पाइन्छ, जुन शरीरका लागि ज्यादै उपयोगी हुन्छ । पुरुषभन्दा पनि महिलाका लागि आलस उपयुक्त हुन्छ । किनकि, यसले महिलाको शरीरमा पाइने एस्ट्रोजनको मात्रा बढाउँछ ।

अदुवा

अदुवाले शरीरका विकार दिसापिसाबमार्फत बाहिर फाल्न र कलेजोलाई स्वस्थ राख्न मद्दत गर्छ । त्यही भएर हरेकपटक खानासँग एक टुक्रा अदुवा खाने बानी बसाल्नुपर्छ ।

धनियाँ

धनियाँले खानालाई सुगन्धित बनाउने काममात्र गर्दैन । खानपिनका कारण शरीरमा जम्मा भएका विकारलाई पनि यसले हटाउँछ । धनियाँ खाइरहने गर्दा मिर्गाैला स्वस्थ हुने, महिनावारीका बेला पेट सुनिने समस्या कम हुने पनि हुन्छ । स्वास्थ्य खबर

कागती

बिहान खाली पेटमा मनतातो पानीमा कागतीको रस हालेर त्यसमा मह मिसाई खाने गर्नुपर्छ ।

दही

खानासँग दिनहुँ एक कचौरा दही खाने बानी बसाल्नुपर्छ । दही राम्रो एन्टिअक्सिडेन्ट हो । यसमा क्याल्सियम र भिटामिन पनि प्रशस्त हुन्छन् ।

ग्रिन टी

ग्रिन टी पनि उत्तम एन्टिअक्सिडेन्ट हो । बिहान एक कप र दिउँसो एक कप ग्रिन टी लिने गरेमा शरीर विकाररहित त हुन्छ नै, रगतमा चिनीको मात्रा पनि नियन्त्रित हुन पुग्छ ।

यो पनि पढ्नुहोस्

घरायसी औषधी जसले सेतोपानी बग्नेदेखि अण्डाकोष सुनिनेसम्म पार्छ निकाे


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !