२० बैशाख २०८१, बिहिबार

कोरोना खोप बनाउने दुई वैज्ञानिकले पाए चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार


कोरोना खोप बनाउने दुई वैज्ञानिकले पाए चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप बनाउने दुई वैज्ञानिकले नोबेल पुरस्कार पाएका छन् । सन् २०२३ को ‘फिजियोलोजी तथा मेडिसिन’तर्फको नोबेल पुरस्कार कोभिड–१९ विरुद्धको एमआरएनए खोप विकासमा योगदान गर्ने दुई वैज्ञानिकले पाएका हुन् ।

नोबल पुरस्कार समितिले वैज्ञानिकहरू क्याटलिन कारीको र ड्रयु वेसम्यानलाई ‘मेसेन्जर आरएनए’ भ्याक्सिन बनाउन गरेको खोजका लागि चिकित्सा विज्ञानतर्फको पुरस्कार दिने घोषणा गरेको हो ।

सन् १९५५ मा हंगेरीको स्जोल्नोकमा जन्मिएकी कारीको अहिले हंगेरीको जेगेड युनिभर्सिटी र अमेरिकाको युनिभर्सिटी अफ पेन्सिलभेनियामा आवद्ध छिन् भने १९५९ मा अमेरिकाको लेक्जिङटनमा जन्मिएका वेसम्यान पनि अहिले युनिभर्सिटी अफ पेन्सिलभेनियामै आवद्ध छन् ।

न्युक्लियोसाइड बेस परिमार्जन गर्दै कोभिड–१९ विरुद्ध प्रभावकारी एमआरएनए खोप विकासलाई सक्षम बनाएकोमा उनीहरुलाई नोबेल पुरस्कार प्रदान गरिएको हो । नोबेल पुरस्कार समितिले आधुनिक समयमा मानव स्वास्थ्यको सबैभन्दा ठूलो खतराका बेला खोप विकासमा अभूतपूर्व योगदान दिएकोमा उनीहरूलाई पुरस्कार दिइएको बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !