२३ बैशाख २०८१, आइतबार

रक्सीको अत्याधिक सेवनले निम्ताउन सक्ने विविध समस्याहरु


रक्सीको अत्याधिक सेवन

काठमाडौँ । मौसम परिवर्तन हुँदैछ । चिसो मौसममा रक्सी खाँदा हुनसक्ने फाइदा बेफाइदाबारे धेरैको सोच फरक हुन सक्छ । धेरैलाई विश्वास छ, शरीर तताउन दुई घुट्की रक्सी पर्याप्त हुन्छ । के तपाई पनि यस्तो विश्वासमा हुनुहुन्छ ? हुनुहुन्छ भने आजैदेखि यो भ्रमबाट मुक्त हुनुहोस् । रक्सी सेवनबाट क्षणिक आनन्द मात्र हो दीर्घकालीन होइन ।

वास्तवमा रक्सी सेवनले शरीरको तापक्रम बढाउन होइन, घटाउन मद्दत गर्छ । शरीरको तापक्रम घटेपनि अल्कोहलका कारण तपाईंलाई गर्मी बढेको महसुस भने हुन सक्छ । अल्कोहल सेवनले शरीरका अन्य स्वस्थ क्रियाकलापलाई जस्तै चिसोमा शरीरको तापक्रम उच्च राख्ने प्रक्रियालाई पनि अवरोध पुर्याउँछ ।

थोरै मात्र अल्कोहल सेवनले पनि शरीरको तापक्रममा कमी ल्याउन सक्छ । शरीरको तापक्रम घटिरहँदा हामीलाई भने गर्मी महसुस कसरी हुन्छ त ? अल्कोहल सेवनपछि शरीरका रक्तनली सुन्निने गर्छ । स्वास्थ्यको दृष्टिकोणले रक्सीको सेवन नितान्त गलत छ । हाम्रो स्वास्थ्यमा सवैभन्दा ठूलो भूमिका जिब्रोले खेलेको छ ।

आजकल पार्टी होस् वा कुनैपनि कार्यक्रममा रक्सी छैन भने त्यहाँ जानुको कुनै औचित्य छैन भन्ने अनेकौं कुरा रक्सी सेवन गर्ने पारखीको मुखबाट सुन्न सकिन्छ । स्वास्थ्यको दृष्टिकोणले कुनैपनि हालतमा रक्सी ठिक भन्नु गलत छ । हामीले येही विषयमा केही अध्ययन गर्ने कोसिस गरेका थियौं । नेपालीको आम्दानीको ६५ % रक्सी र मनोरञ्जनमा खर्च भएको देखिन्छ ।

समय छँदै यो कुरामा ध्यान दिन सके थुप्रै घर परिवार यो लतको कारणले बरबाद हुनबाट रोक्न सकिने छ । आज सरकारले पनि यसतर्फ ध्यान दिएर यस्तो लतको सेवन गर्ने निश्चित समय तोक्नुको साथै रक्सी सेवन गर्नेलाई परिचयपत्र वितरण गर्न सके केहि कमी हुन सक्ने अनुमान गर्न सकिन्छ ।

कसरी जोगिने ?

१. रक्सी स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिँदैन । यसबाट आफूलाई बचाउनु सबैभन्दा राम्रो हो । रक्सी जति खायो त्यति खाने हुनाले यसबाट जोगिन सके राम्रो । यसका लागि साथीहरुसंगको भेटघाट कम गर्ने । बाहिरको खानपानमा कमी गर्न सके यस्ता लतबाट छुटकारा पाउन सकिन्छ ।

रक्सी सेवनले पुर्याउने बेफाइदाहरु

१. रक्सीको अत्यधिक सेवनले लिभर ड्यामेज हुने खतरा बढि हुनाले सकेसम्म बच्ने ।

२. अमेरिकन हार्ट एशोसिएसनको वेवसाइटमा उल्लेख गरिएको अध्ययन अनुसार ड्रिङ्स गर्ने मानिसहरु भन्दा रक्सी सेवन नगर्ने मानिसको मृत्यु मुटु रोगको कारण बढी भएको पाइयो ।

३. विश्व स्वास्थ्य संगठनको पछिल्लो वर्षको रिपोर्ट अनुसार रक्सी सेवनले मुटु, कलेजो, पेटको समस्या, आत्महत्याको प्रवृति तथा हिंसा र दुर्घटना जस्ता घटना बढेको पाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !