११ जेष्ठ २०८१, शुक्रबार

अस्पतालको शैयाबाट जीवन रक्षाको आग्रह


Nepalpatra

२० जेठ, म्याग्दी । उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी एक महिलाले शहीद गंगालाल हृदय रोग केन्द्र काठमाडौँको अस्पतालको शैयाबाट उपचारका लागि आर्थिक सहयोग गरी आफ्नो जीवन बचाइदिन आग्रह गर्नुभएको छ ।

अत्यन्त कमजोर आर्थिक अवस्थाका कारण आफ्नो उपचारमा लाग्ने रु छ लाख जुटाउन नसकेर अस्पतालको बेडमा छट्पटाइ रहनुभएकी ६५ वर्षीया पूर्णकुमारी क्षेत्री खत्रीले सहृदयी व्यक्तिसँग सहयोगको आग्रह गर्नुभएको हो ।

मुटुरोगका कारण जीवनमरणको दोसाँधमा रहनुभएकी खत्रीको उपचारमा रु छ लाख लाग्ने अस्पतालका चिकित्सकले बताएका र आफूसँग त्यतिधेरै पैसा नभएकाले आमाको उपचार हुन नसकेको खत्रीका छोरा राजन खत्रीले दुखेसो गर्नुभयो ।

“घरको सबै सम्पत्ति बेच्दा पनि रु छ लाख पुग्दैन” राजनले भन्नुभयो “डाक्टरले आमाको मुटुको शल्यक्रिया गर्नुपर्ने र त्यसका लागि रु छ लाख लाग्ने बताएका छन्, हामीसँग पैसा नभएकाले शल्यक्रिया नहुँदा आमा अस्पतालको बेडमा नै छट्पटाइ रहनुभएको छ ”।

जलजला गाउँपालिकाको तर्फबाट अध्यक्ष यामबहादुर मल्लले खत्रीको उपचारका लागि आर्थिक सहयोग गर्न सहृदयी सबैलाई आग्रह गर्नुभएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !