११ पुस २०८१, बिहीबार

आँखा रातो हुने कन्जक्टिवाइटिसको प्रमुख कारण र यसको उपचार


कन्जक्टिवाइटिस

काठमाडौँ । आजकाल आँखा रातो हुने संक्रमण कन्जक्टिवाइटिस समस्या धेरै स्त्री-पुरुष, बच्चा-बुढा सवैलाई देखिन थालेको छ । तर नवजात शिशुमा देखिने कन्जक्टिवाइटिस भाइरसको संक्रमण टिएर डक्ट (अश्रु नलिका) बन्द हुनुलाई प्रमुख कारण मानिन्छ ।

अन्य रोगीहरूको समस्यामा संक्रमण, एलर्जीको कारणले एक अर्कामा सर्ने गरेको हुनसक्छ । भाइरस कन्जक्टिवाइटिसका अन्य कारणमध्ये एडेनोभाइरसको कारणबाट हुने गरेको पाइएको छ ।

कहिलेकाहीँ हर्पीस सिम्प्लेक्स भाइरस र वैरिसेला जोस्टर भाइरस जस्तै अन्य भाइरस जसमा कोरोना भाइरसको कारनले पनि आँखा पाक्ने समस्या निम्ताउन सक्छ । पहिले एउटा आँखामा देखिएपछि अर्को आँखामा पनि सर्ने हुन्छ ।

यो रोग सर्नुको महत्वपूर्ण कारण संक्रमित व्यक्तिको आँखाबाट निक्लने डिस्चार्जको प्रत्यक्ष या अप्रत्यक्ष सम्पर्कमा आउनुको कारणले यो रोग एकअर्कामा फैलिन सक्छ । आँखा जस्तो संवेदनशील अंगको हेलचक्राइँ नगरेर समयमा उपचार गराइ हाल्नुपर्छ ।

कन्जक्टिवाइटिसका लक्षणहरू

१. संक्रमण एक वा दुवै आँखामा देखिन सक्छ ।

२. प्रकाश हेर्न नसक्ने ।

३. आँखा अत्यधिक रातो हुने ।

कन्जक्टिवाइटिसको उपचार

कन्जक्टिवाइटिस थुप्रै कारणले हुन सक्छ । उपचार यसको कारणमा निर्भर गर्दछ । तर अधिकांश कारण रसायनको एक्सपोज़रले गर्दा कन्जक्टिवाइटिस १/२ दिनमा आफैं ठीक हुन सक्छ ।

यस्ता समस्या देखिएको अवस्थामा तुरुन्त डाक्टरलाई देखाएर एण्टिबायोटिक आइड्रोप्स आँखामा राख्ने गर्नाले संक्रमण फैलनबाट रोक्न सकिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !