१० चैत्र २०८१, आइतबार

डा. विकास देवकोटाले बाजी मारे स्वास्थ्य सचिवको पद


डा. विकास देवकोटा

काठमाडौँ । सरकारले सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवमा डा. विकास देवकोटालाई बढुवा गर्ने निर्णय गरेको छ । यही फागुन २१ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार सचिवमा पदोन्नति पाएका डा देवकोटाले आजै कार्यभार सम्हाल्ने राससलाई बताए । डा. देवकोटासँगै अन्य दुई जना डा. संगिता मिश्र र डा टंक बाराकोटीको नाम सचिव बढुवाका लागि सिफारिस भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !