२० बैशाख २०८१, बिहिबार

यस्ता छन् मेथीको पाउडर सेवन गर्नुका फाइदाहरु


मेथीको पाउडर

मेथीको बारेमा लेख लेख्दा मेथीमा के के तत्व पाइन्छ, कुन कुन भिटामिन पाइन्छ ? यो जान्न जरूरी छ । मेथीमा पाइने भिटामिनहरु आइरन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, सोडियम, जिंक, फोस्फरोस, फोलिक एसिडजस्ता मिनरल्सका साथै भिटामिन ए, बी र सी पनि पाइन्छ । स्वास्थ्यका दृष्टिकोणले यस्ता भिटामिन हाम्रो लागि महत्वपूर्ण छन् ।

मेथीको फाइदाबारे कतिपयलाई थाहाँ नहुन सक्छ । आजको लेखमा हामीले यसका के के फाइदा हुन सक्छ भन्नेबारे प्रकाश पार्नेछौं । मेथीको दानामा आवश्यक मात्रामा पोटासियम पाइने हुनाले शरिरमा सोडियमको मात्रा नियन्त्रण गराउन र रक्तसञ्चार राम्रो बनाउन मद्दत गर्दछ ।

अर्को रोचक जानकारी मेथीमा पाइने एमिनो एसिडले शरिरमा इन्सुलिनको मात्रा नियन्त्रण गर्न मद्दत गर्दछ जसले डायविटिज हुने सम्भावना कम गर्दछ । हाम्रो वरिपरि यस्ता बहुमुल्य औषधी छन् तर हामी यस्ता औषधि बनाएर सेवन गर्न बन्चित छौं ।

सुगरको महगो औषधि सेवन गर्न बाध्य हुँदैछौं । अर्को रोचक जानकारी मेथीमा भरपुर मात्रामा फाइबरको साथै एन्टिअक्सिडेन्ट पाइन्छ जसले बिकारयुक्त पर्दाथहरु बाहिर निकाल्न र पाचन प्रणाली राम्रो बनाउन समेत मद्दत गर्दछ ।

यसबाट हामीले थुप्रै रोगहरूमा प्रयोग गरेर लाभ उठाउन सक्छौ । मेथीको सेवनबाट प्रत्यक्ष फाइदा हुने हुनाले प्रयोग गरौं भन्ने हाम्रो राय रहेको छ ।

मेथीको सेवनले रगतमा हुने सुगर लेवल सहि राख्न मद्दत गरेको हुन्छ । मेथीमा हुने एमिनो एसिडले प्याङ्क्रियाजमा हुने इन्सुलिनको प्रभाव बढाउन मद्दत गर्दछ । यसले रगतमा हुने सुगरको मात्रा नियन्त्रण गर्छ । त्यसैले मधुमेहका रोगीहरुलाई मेथी सेवन राम्रो मानिन्छ ।

मेथीको सेवनले मृगौलालाई समेत फाइदा पुर्याउदछ । मेथीमा हुने तत्वले पत्थरीको समस्या हुनेहरूलाई समेत फाइदा गर्छ । यसले भित्रका विकार पिसावको माध्यमबाट बाहिर निकाल्ने हुन्छ ।

यसका साथै, यसमा भरपूर मात्रामा फाइबर्स, प्रोटिन, स्टार्च, फस्फरोस एसिडजस्ता पौष्टिकतत्व पाइने हुनाले सुगरको रोगमा समेत यसको प्रयोग आवश्यक छ । यसमा अन्य औषधी मिलाएर बनाउदा राम्रो फाइदा हुने रहेछ । यस बारेमा अर्को अंकमा पस्कनेछौं ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !