२५ बैशाख २०८१, मंगलबार

यसरी गर्नुहोस् स्तनमा हुने ग्रिखा र गाँठोको सफल उपचार


स्तनमा हुने गाँठो

स्तनमा हुने गाँठो (ब्रेस्ट सिस्ट) को सफल उपचारको रूपमा हामीले आज क्यालकेरिया सल्फोरिका होम्योपैथी औषधि र भिटामिन ईलाई लिएका छौं । लामो अनुभव अनुसार यदि ब्रेस्ट क्यान्सर नभइकन यदि सानो गिर्खा दुग्ध ग्रन्थीमा देखिएको भए आजैदेखि यो तीन महिना जति यो औषधि खाने गर्नुहोस् ठिक हुन्छ। ब्रेस्ट सिस्टमका थुप्रै रोगहरूमा यो सामान्य औषधिले राम्रो फाइदा गरेको पाइएको छ ।

१. स्‍तनको घाउ

यस्तो अवस्था आफ्नो बच्चालाई दूध सेवन गराउने महिलाहरूमा प्रयाप्त मात्रामा दूध बच्चाले नखाइदिदा स्‍तनमा घाउ हुने गरेको हुन्छ ।यसको पूर्ण जानकारी प्राप्त गर्न अल्‍ट्रासाउण्डको साहेताबाट पनि यो रोग भए नभएको थाहा हुन सक्छ । यस्ता समस्या देखिएमा पनि तुरुन्त उपचार गराइ हाल्नुपर्छ ।

स्तन दुख्नु

Cyclical Breast Pain यसलाई मास्‍टल्जिया पनि भन्ने गरिन्छ । यस्तो हुनुको पछाडि महिनवारीको खराबीलाई पनि लिन सकिन्छ । हरेक महिना हुने मासिक स्रावले गर्दा यस्तो अवस्था भएमा तुरुन्त डाक्टरलाई देखाएर उपचार गराउदा चाँडो निको हुनसक्छ । यसको सफल उपचार मासिक चक्रलाई सुधार्नु पर्छ ।

स्तनमा हुने गाँठो

स्तनमा हुने सवै गाठो क्यान्सरको हुन सक्दैन । कतिपय अवस्थामा यस्तो गाठो हुनको पछाडि हर्मोनको कारणले पनि समस्या उत्पन्न हुन्छ । विगत लामो अनुभवले एउटा कुरा प्रष्ट पारेको छ कि दुध सेवन गराउँदा प्रयाप्त मात्रामा दूध ननिख्रदा कालान्तरमा गएर गाँठो हुने गरेको हामीले देख्न सकिन्छ । यस्ता गाठा छालामुनी असंख्य रूपमा देखिन्छ ।

निप्पलबाट बग्ने पानीजस्तो तरल पदार्थ

यस्तो अवस्था हुनुको अर्को महत्त्वपूर्ण कारण गर्भवती भएको संकेत पनि हुन सक्छ । गर्भवती हुदा देखिने लक्षणको रूपमा हामीले यसलाई पनि लिएका छौं ।यस्तो लक्षण देखिएमा तुरुन्त उपचार गराइ हाल्नुपर्छ भन्ने होइन पहिले के कारणले यस्तो भएको भन्ने जानकारी प्राप्त गरेर मात्र उपचार गराउनुपर्छ ।

भद्दा स्तनलाई सानो बनाउने

आज प्रसँग बस यस्लाई पनि यहाँ जोड्ने प्रयास गरिएको छ । महिलाहरूको स्तन ठूलो भएमा सानो बनाउने प्रक्रियालाई मेमोप्लास्टिक सर्जरी भन्ने चलन छ । यसबाट सुन्दर हुन र अनावश्यक बोझ समेत रोक्न यसले मद्दत गर्ने छ ।

उपचार

१. कैल्‍केरिया सल्‍फ्युरिकम (calcarea sulphurica ६x) ४ गोली दिनमा 4 पटक दिने ।

२. भिटामिन ई ४०० एम.जी दिनमा २ पटक २/३ महिना सेवन गर्नाले राम्रो फाइदा उठाउन सकिनेछ ।

नोट : यो औषधिको सेवन विषेशज्ञ डाक्टरसंग परामर्श लिएर मात्र गर्नुहोला ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !