२२ बैशाख २०८१, शनिबार

किराना पसल र मार्टमा औषधि बिक्री गर्नु गलत, सरकारको ध्यान जाओस्


किराना पसल र मार्टमा औषधि बिक्री

नवलपुर । औषधिको विषयमा आज मलाई केही लेख्न मनलाग्यो । मेडिकलमा पाइने केही समुहका औषधिहरू आजकल किराना पसल र डिपाट्मेन्ट स्टोरमा पनि उपलब्ध छन् भन्दा आश्चर्य लाग्न सक्छ । यस्ता समुहमा पर्ने ब्रुफेन, पारासिटामोल, निम्सोलाईट, साइनेक्स जस्ता औषधि बढी देखिएका छन् ।

औषधि बेच्नु ठूलो कुरा होइन तर यसले जनस्वास्थ्यमा कस्तो असर हुनसक्छ भन्ने कुरा महत्वपूर्ण हुन जान्छ । कसैलाई जण्डिसको समस्या भएको व्यक्तिलाई पारासिटामोल बढी प्रयोग भएमा नोक्सान नहोला भन्न सकिदैन । यस विषयमा सरकारको ध्यान जान जरुरी छ ।

केही बर्ष पहिले एउटा केस हामी कहाँ आएको थियो । टाउको दुख्ने समस्या लिएर हामीले उहाँलाई भरतपुर रिफर गरेका थियौं । उसले लामो समयदेखि निम्सोलाईट सेवन गर्ने गरेको रहेछ । तर उहाँलाई टाउको दुख्नुको कारण समयमा थाहा भएको भए उपचार गर्न सहज हुने थियो । उहाँलाई ब्रेन ट्युमर भएको थियो । ब्रुफेनको सेवनले पनि ग्यास्ट्रिक अल्सर हुन सक्छ भन्ने चिकित्सकको भनाई छ ।

रूघामा प्रयोग हुने औषधि साइनेक्सको कुरा गर्नुपर्दा यो औषधिको डोज बढी भएमा शरीर लठ्याउने हुन्छ । यस्ता समुहमा पर्ने औषधी सेवन गर्दा गाडी चलाउने, मोटरसाइकल, स्कुटी चलाउने काम गर्नुहुदैन चलायमा दुर्घटनासम्म हुन सक्छ ।

औषधि चाहे एण्टिबायोटिक होस् या जुनसुकै औषधि किन नहोस बिक्री गर्दा त्यसको साइडइफेक्ट जानेको हुनुपर्छ । यदि विना जानकारी यस्ता औषधि बेच्दा हुनसक्ने जोखिमको जानकारी नहुने व्यक्तिले यस्ता कार्य अविलम्ब रोक्नुपर्ने देखिन्छ ।

समय परिवर्तन भइसकेको छ । औषधि जस्ता वस्तु खरिद गर्दा फार्मेसीबाट खरिद गर्ने र यसका के कस्ता साइडइफेक्ट छन् सोध्ने गर्दा भावी खतरा हुनबाट रोक्न सकिने छ । कतिपय अवस्थामा यस्ता औषधिको सहि डोजको जानकारी नहुँदा पनि जोखिम हुन सक्छ ।

तालिम प्राप्त व्यक्तिको रेखदेखमा औषधि खरिद गर्दा उपरोक्त जोखिमबाट आफुलाई र अरूलाई सम्म बचाउन सकिने छ । साइनेक्स सेवन गर्ने व्यक्तिले गल्ती ले अल्कोहल सेवन गर्छ भने पनि नोक्सान हुनसक्छ यस्ता विषयमा सवै चनाखो भएर सकेसम्म यस्ता औषधि आफै सेवन गर्ने बानी नगरौं ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !