१० जेष्ठ २०८१, बिहिबार

सत्यमोहन जोशीको अवस्था चिन्ताजनक छ : किष्ट अस्पताल


सत्यमोहन जोशी

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको छ । सो अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभई अवस्था चिन्ताजनक रहेको अस्पतालका निर्देशक प्रा डा सुरज बज्राचार्यले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

अस्पतालका अनुसार उनलाई पहिलेदेखि पुरानो रोगले ग्रसित पारेकाले औषधि चलाए पनि काम नगरेकाले अवस्थामा सुधार नभएको बताइएको छ । आजदेखि एल्बुमिन रिप्लेसमेन्ट गर्न उनलाई औषधि चलाइएको अस्पतालले जानकारी दिएको छ ।

उनको छातीमा निमोनिया संक्रमण पनि देखिएको छ । उमेर धेरै भएको र रोगले ग्रसित पारेकाले औषधिले पनि काम नगरेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । केही दिनअघि उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको बताएपनि पुन: स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको हो ।

यस्तो छ हेर्नुहोस् किष्ट अस्पतालले निकालेको प्रेस विज्ञप्ति

किष्ट अस्पतालले निकालेको प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !