१४ बैशाख २०८१, शुक्रबार

आम नेपालीको राष्ट्रिय रोग ग्यास्ट्रिक र यसको उपचार


ग्यास्ट्राइटिस

बोलीचालीको भाषामा ‘ग्यास्ट्रिक’ भनिने ‘ग्यास्ट्राइटिस’लाई आम नेपालीको रोग मानिन्छ । कतिपयले ब्यंग्य गर्दै यसलाई नेपालीको राष्ट्रिय रोग समेत भन्ने गर्छन् । पहिले-पहिले ४० वर्षभन्दा माथिको उमेरमा देखिने ग्यास्ट्रिक हिजो आज जुनसुकै उमेर समूहका मानिसमा पनि देखिन थालेको छ ।

के हो ग्यास्ट्रिक ?

पेट दुख्ने, पेट फुल्ने, केही चिज खाएपछि अमिलो डकार आउने या छातीको बीचतिर दुख्ने जस्ता समस्या देखिनासाथ हामी ग्यास्ट्रिक भयो भन्छौं । अनि डाइजिन, पेन्टाप्राजोल या अन्य एन्टासिड चक्की खाइहाल्छौं। तर, सबै पेट दुखाइ ग्यास्ट्रिक नहुन पनि सक्छ ।

ग्यास्ट्रिक र अल्सरका कारण

१. धूम्रपान एवं सुर्तीजन्य पादार्थको सेवन सके सम्म नगर्ने ।

२. नदुख्ने औषधि (पेनकिलर), बाथरोगका औषधि आदिको नियमित सेवन गर्दा ग्यास्ट्रिकका औषधि अनिवार्य खाने ।

३. जंकफुड बाट सके सम्म बच्ने ।

४. चिल्लो, अमिलो, पिरो र अजिनामोटो राखेको खानेकुराको प्रयोग सके सम्म नगर्ने ।

५. चटपटे, पानीपुरी, दालमोठ, चाउचाउ आदिको सेवान नगर्ने ।

६. अल्सर गर्ने किटाणु (एच पाइलोरी) को संक्रमण भए नभएको पत्ता लगाउन ल्याव परिक्षण गराउने ।

ग्यास्ट्रिक र अल्सरका बिरामीले के खाने, के नखाने?

के खाने ?

१. गिलो बनाएको दालभात,

२. प्रशस्त पानी,

३. हरिया सागसब्जी आदि ।

के नखाने ?

१. सुक्खा खानेकुरा,
२. अचार, खुर्सानी, घिउ, अमिलो दही,
३. रातो मासु,
४. तेल/घिउमा तारेको माछा, मासु, पकौडा, समोसा, नम्किन आदि,
५. अमिलो फलफूल, कागती,
६. दूध हालेको चिया,
७. कफी, चकलेट,
८. चना, केराउ,
९. कोक, फ्यान्टा जस्ता कोल्डड्रिक्स ।

भनिन्छ रोग लाग्नुभन्दा रोग नै नलागोस् भन्ने कुरामा ध्यान पुराउन सके आधा रोग त्यसै निको हुनसक्छ । उपरोक्त खानपिनमा ध्यान दिनु नै सफल उपचार मानिएको छ । ग्यास्ट्रिको उपचार औषधि मात्र होइन खानामा सत्रक्ता अपनाउन सके आफै नीको पनि हुन सक्छ ।

उपचार

१. त्रिफला चुर्ण दिन्मा १ पटक खान दिने यसले पाचन कृयालाई सवल बनाउनुको साथै आन्द्राको सफाई गरेर ग्यास्ट्राइटिसमा राम्रो फाइदा पुराउदछ । विषेश गरि यसले पेटको सबैभन्दा ठूलो समस्या कब्जीयत हटायर रोग लाई जरै देखि सफाइ गर्दछ ।

२. अभिपत्तिकर चूर्ण १ चमच दिन्मा २ पटक नियमित खाने ।

३. प्रात उठ्ने बित्तिकै ३,४ गिलास पानी पिउने । २ घण्टासम्म खाना केहि नखाने ।

४. पानी पिएको २ घण्टा पछि एक गीलास मनतातो पानीमा एक चुट्की बिरेनुन राखेर पानी पिउने ।

५. हल्का व्याम गर्ने

नोट : ग्यास्ट्रिकको उत्कृष्ट औषधि भनेको सहि खानपान हो । खाने समयलाई विषेश ध्यान दिन सके यो रोग आफै निको हुदै जान सक्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !