२२ बैशाख २०८१, शनिबार

५० वर्ष माथिका सबै नागरिकलाई वर्षमा १ पटक नि:शुल्क स्वास्थ्य परीक्षण गर्ने


मन्त्रिपरिषद् बैठक सिंहदरवार

काठमाडौं । सरकारले ५० वर्ष माथिका सबै नागरिकलाई वर्षमा १ पटक नि:शुल्क स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले ५० वर्ष भन्दा माथिका सबै नागरिकलाई वर्षमा १ पटक निःशुल्क रुपमा स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए ।

यस्तै आज बसेको मन्त्रिपरषद् बैठकले ज्येष्ठ नागरिक केन्द्रित अस्पताल बनाउने निर्णय गरेको छ । त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवासहित सरकारका सबै मन्त्रीले अंगदान गर्ने घोषणा गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !