२२ बैशाख २०८१, शनिबार

यस्तो छ मुटु रोग विषयमा उपयोगी जानकारी


डा. राम बहादुर बोहरा

मुटु रोग विश्वमा धेरै मानिसको ज्यान लिने प्रमुख रोग भएकोले यसप्रति सावधान हुनैपर्छ । उच्च रक्तचाप, मधुमेह, हृदयघात, कोलेस्टेरोल, युरिक एसिड आदिको समस्या निकै बढेको देखिन्छ । मुटुका धेरै जसो रोगहरू जीवनशैलीसँग सम्बन्धित छन् ।

आजकल जीवनशैली व्यवस्थित छैन । अव्यवस्थित जीवनशैलीको नतिजा हो मुटुको रोग । आधुनिक सभ्यता, व्यस्त जीवन, महत्वकांक्षा, भोजभतेर, कम्प्यूटर, टेलिभिजन, अत्याधिक मानसिक तनाव, व्यायामको कमी, पैसा कमाउने दौड यी नै हुन् ।

मुटु रोग नियन्त्रणका लागि जीवन शैली व्यवस्थित गर्नेतर्फ लाग्न जरुरी छ । सुत्ने, उठ्ने, खाने, पिउने, बानी व्यावहार, सोचाई, दिनचर्या आदि सबै जीवन शैलीभित्र पर्दछन् ।

मुटु रोगका लक्षणहरु

१. छाती दुख्ने, ढक्क फुल्ने वा भारी हुने (छातिमा बेचैनी हुने वा भारीपन महशुस हुनु) हृदयाघातको मुख्य सूचकका रूपमा लिइन्छ । त्यसैले यदि तपाईलाई यस्तो भइरहन्छ भने त्यसलाई हल्का रूपमा नलिनुस् । तत्कालै अस्पतालमा गएर उपचार गर्नुहोस् ।

२. यदि तपाईलाई स्वाश लिन बल लगाउनु पर्ने वा कठिनाई वा केही बेर हिँड्दैमा अप्ठेरो भएर गल्नुहुन्छ भने पनि त्यो मुटु रोगको लक्षण हुनसक्छ । आज मैले मुटुको रोगबाट बचाउने होम्योपैथीक औषधि Tonicard Gold Drops दिएको छु यो औषधिले कुनै प्रकारको हानी गर्दैन । यो औषधि ढुक्क साथ चलाउन सक्नुहुन्छ ।

मात्रा : २०-३० थोपा औषधि १/४ भाग पानीमा मिलाएर खान सक्नु हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !