२० बैशाख २०८१, बिहिबार

सर्पले टोकेको होम्योपैथीकमा सफल उपचार


सर्पले टोकेको

सर्पले डसेको व्यक्ति प्राय: अत्यन्त डराएको हुने हुँदा उसलाई सान्त्वना दिनुपर्छ । टोकेको भागलाई धेरै चलाउनाले विष छिटो र बढि मात्रामा रगत र लिम्फमा फैलिने भएकोले उक्त भागलाई सकेसम्म कम चलाउने । हातखुट्टामा टोकेको छ भने स्लिङ वा स्पिलिन्ट लगाएर नचलाइकन राख्नुपर्छ ।

गोमन र करेतले टोकेको हो भने टोकेको भागबाट माथि हल्का कम प्रेशर पर्ने गरी ब्यान्डेज बाँध्नुपर्छ, यसलाई प्रेशर इमोबिलाइजेसन विधि/Pressure Immobilization Method भनिन्छ । पहिले-पहिले गरिने जस्तो एकै ठाँउमा एकदमै कस्सेर बाँध्नु हुदैंन । कस्सेर बाँध्नाले त्यसभन्दा मुनिको भागमा रक्तसंचार पूरै बन्द भई उक्त भाग मरेको कैंयौ घटनाहरु भएका छन् ।

विषका लक्षणहरु कम नभएसम्म वा प्रतिविषको प्रयोग शुरु नभएसम्म त्यो प्रेशर ब्यान्डेज खोल्नुहुदैंन । प्रतिविष/Anti Snake Venom (ASV) को प्रयोग विषालु सर्पको डसाईको अन्तिम र एकमात्र उपचार भनेको प्रतिविषको प्रयोग हो । कुन विरामीलाई चलाउने र कुनलाई नचलाउने भन्ने एउटा महत्वपूर्ण र गाह्रों निर्णय हो । नेपालमा प्रयोग गरिने प्रतिविष/Polyvalent ASV ले २ प्रकारका विषालु सर्प (गोमन, करेत,) को टोकाइमा काम गर्छ ।

यसको पनि आफ्नै खराब असरहरु छन्, त्यसैले विषको असर नदेखिएसम्म, विषालु सर्पले टोकेको यकिन नभएसम्म प्रतिविषको प्रयोग गर्नु हुदैन । यो भन्दा पहिले पनि Naja 200 को बारेमा बताई सकेको छु । यो औषधि जस्तोसुकै जहरिलो सर्पले टोकेको भयपनी ठिक हुने उल्लेख गरियको छ । सवैभन्दा रोचक कुरा यदि सर्प जहरिलो नभए पनि मानीसलाई खासै असर गर्दैन ।

औषधि प्रयोग गर्ने तरिका

Naja 200 यो औषधि हरेक होम्योपैथीक फार्मेसिमा पाउन सकिन्छ । यो औषधि सस्तो छ २,३ सय रूपयामा पाउन सकिन्छ । यो औषधि १ थोपा जिब्रोमा खसाल्ने १० मिनेट हेर्ने र पुन १ थोपा खसाल्ने १०,१० मिनेटको फरकमा ३ पटक भन्दा बढी दिनु हुदैन जस्तोसुकै जहरिलो सर्पले टोकेको भएपनि निको हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !