२५ बैशाख २०८१, मंगलबार

चिन्ता हटाउने सफल उपचार


मानसिक चिन्ता

जब-जब मानिस विरामी हुन्छ तब उस्ले कसरी सन्चो हुन्छ भनेर उपचार खोचेको हुन्छ । यसैको फाइदा हामीले भजन कृतन गर्न आग्रह गराउदछौं भने त्यति बेला विरामीको मनमा चिन्ता पुर्ण रूपमा हटेर भजनमा ध्यान पुगेको हुन्छ र रोग हटेको देखिन्छ ।

रोगको प्रमुख कारण पनि यो चन्चल मन र चिन्ता हो । यसको लगाम घोडालाई जस्तै बाध्न सके रोग आफै निको हुन सक्छ । भगवान शिवले भन्नुहुन्छ मेरो दैनिक भजन गर तिम्रो रोग त्यसै निको हुन थाल्दछ । रोग लागेको शरीरलाई चिन्ताबाट मुक्त गराउन सके आधी रोग त्येसै निको हुन्छ ।

विगत लामो अनुसन्धानले यो कुरा प्रमाणित गरि सकेको छ कि चिन्ता जस्तो ठूलो रोग अरू हुनै सक्दैन । पेट दुखेको छ यो खानुहुदैन त्यो खानुहुदैन भनेर हामी रोक्छौं यसको सोझो असर दिमागमा पुग्छ । पौष्टिक आहार खान छोड्छ र उसलाई रोग निको हुनुको सट्टा बढ्दै जान थाल्दछ ।

रोगको पहिलो उपचार मानसिक चिन्तालाई हटाउने प्रयत्न गराउदै उसको आन्तरिक मनबाट डरलाई हटाउदै यो सामान्य रोग हो । आफ्नो मनलाई भगवान शिवको आराधनामा लिन गराउदै रोगी मनलाई खुसीमा बदल्न सक्नुभएमा यो निको हुनेछ भनेर उस्को मनबाट सवै डर हटाई दिनुहोस रोग क्रमश: निको हुन थाल्दछ ।

दोस्रो विश्व युद्धमा त्यति मानिस बाहिर मरेका थिएनन् त्योभन्दा बढी चिन्ताको कारणले घरभित्र मरेका थिए । चिन्तारूपी रोगलाई हामीले अन्तर हृदयबाट झिकेर फाल्न सक्दैनौं तबसम्म रोग निको गराउन सक्नेछैनौं भन्ने मेरो अनुभव छ ।

म मेरो विमारीलाई पहिलो उपचारको रूपमा तपाईंको रोग सामान्य हो चिन्ता नलिनुस भन्दै के खाने के नखाने भन्ने कुरामा प्रकाश पार्ने कोसिस गर्दै औषधि दिने गर्छु र उ निको हुन्छ रोग निको हुनमा सवैभन्दा ठूलो उपचार विश्वास हो । चिकित्सकले उसको मनमा डर होइन सन्चो हुने विश्वास भर्ने कोसिस गरी दिन सके रोग आफै निको हुन थाल्दछ ।

रोगीको रोगको भन्दा उसको भित्रको चिन्तालाई फाल्न सके आधा सफलता चिकित्सकलाई पुग्न सक्छ । रोगको उपचार औषधिमात्र होइन हौसला दिन पनि जान्नुपर्छ । रोगी उपचार गर्न विश्वास साथ आएको छ वा छैन भन्नेकुरा उपचार पछि मात्र थाहा हुन सक्छ । विमारीलाई पौष्टिक खानामा रोक होइन हौसला दिन र भगवान शिवको आराधना गर्न उक्साउनुहोस उसको रोग आफै निको हुन थाल्दछ ।

डिप्रेसनको सफल औषधि खाने तरिका

१. Passiflora Incarnata Q Mothers tincture यो होम्योपैथीक औषधि हो । यसको कुनैपनि साइड इफेक्ट छैन । यो औषधि १० देखि १५ थोपा थोरै पानीमा राखेर दिनमा २ पटक खानु राम्रो निन्द्रा लाग्नुको साथै चन्चल मनलाई समेत फाइदा गर्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !