२० बैशाख २०८१, बिहिबार

शरीरमा पानी कम हुँदा देखिने लक्षणहरु


water

स्वस्थ र आनन्दीत जीवन जिउनको लागि हाम्रो शरीरलाई नभई नहुने चीजहरु अन्न, पानी, हावा, आराम, व्यायाम, सकारात्मक सोच हुन् । ती मध्ये हाम्रो शरीरको लागि पानी एक महत्वपूर्ण चिज हो । जसले मानव शरीरलाई स्वस्थ राख्न मदत गर्दछ । एउटा वयस्क औसत मानव शरीर ५५ देखि ६० प्रतिशत पानीले बनेको हुन्छ । यसले मानव शरीरमा पानीको कति महत्व छ भन्ने दर्शाउँछ । त्यसैले हाम्रा सवारीसाधनले मोबिल वा तेल सकिएपछि देखाउने लक्षण जस्तै पानीको कमी हुनासाथ हाम्रो शरीरले पनि त्यस्ता लक्षण देखाउन थाल्छ । यस्ता लक्षण देखिएपछि हामीले शरीरमा तरल पदार्थ खासगरी पानीको आवश्यक मात्रा पूर्ति गर्न दैनिक पर्याप्त पानी पिउन जरुरी छ ।

लक्षणहरु
१. झर्किने र झन्किने
२. मांसपेशी बाउँडिने
३. मुत्रनलीको संक्रमण
४. अपचको समस्या
५. शरीरको वजन बढ्नु
६. सधैं थकित
७. टाउको दुख्नु
८. मुख सुक्नु र धेरै तिर्खा लाग्नु
९. छाला सुख्खा हुनु, लोसनले पनि काम नगर्नु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !