२१ बैशाख २०८१, शुक्रबार

शीतलहर पीडितको घरमा डा. केसी, न्यानो कपडा सहित


doctor govinda kc

४ माघ,रौतहट । डा. गोविन्द केसी बिहीबार बिहानै गढीमाई नगरपालिककामा रहेका विपन्न समुदायको घरमा झुल्किए । उनी शीतलहरवाट प्रभावित चमार, दुषाद, मुसहर, सरभङ, डोमलगायतका विपन्न समुदायको घरमा कम्बललगायत न्यानो कपडासहित यहाँ पुगेका हुन् ।

शीतलहरले बढेको चिसोले जिल्लाका विपन्न समुदायका मानिसले ज्यान गुमाइरहेको बेला डा. केसी न्यानो कपडासहित चिकित्सकको टोली डा. तोसिमा कार्की, डा.अभिशेखराज सिंहसहितको स्वास्थ्यकर्मी लिएका यहाँ पुगेका छन् ।

दलित बस्तीमा न्यानो कपडा वितरणपछि शीतलहर पीडित भएका ठाउँमा पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने डा. केसीेले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !