२६ बैशाख २०८१, बुधबार

मुटु रोगका लक्षणहरु


Heart Disease मुटु रोग

मुटु एक मानव शरीरको अंगहरुमध्ये अभिन्न अंग हो । जसले मानव शरीरमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । मुटुको धड्कन एक सेकेन्ड रोकिएको हुदैन । किनकी मुटु निरन्तर चलिरहेको हुन्छ । अहिलेको सन्दर्भमा मुटु रोग धेरै फैलिएको पाइन्छ । पुरुष-महिला दुवैलाई असर पार्ने यो रोग अहिले पनि बढ्दो क्रममा छ ।

विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण विश्वभर बर्षेनी १ करोड ८० लाख मानिसको मृत्यु हुने गर्छ । मृत्यु हुनेहरूमध्ये ८० प्रतिशत भन्दा बढी विकासोन्मुख देशका विपन्न वर्गका जनता पर्छन् । विश्वव्यापी रूपमा भइरहेको औद्योगीकरण र मानव जीवनमा भइरहेको जीवनशैलीको परिवर्तनसंगै मुटुरोग मानव मृत्युको पहिलो कारण बन्न पुगिरहेको छ। मुटुरोग प्राणघातक भए तापनि ८०% हृदयघात (Heart Attack) रोकथाम गर्न सकिन्छ । विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण विश्वभर बर्से १ करोड ८० लाख मानिसको मृत्यु हुने गर्छ ।

विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा विकासोन्मुख राष्ट्रहरूमा मुटुरोग महामारी कै रूपमा फैलिने भविष्यवाणी गरेको छ । नेपालमा १० वर्षता मुटु रोगीहरूको संख्यामा पाँच गुणाले वृद्धि भएको छ । हाल करीव १५ प्रतिशत जनतालाई कुनै न कुनै प्रकारको मुटुरोग भएको अनुमान गरिएको छ । हाल नेपालमा १८ वर्ष उमेर माथिका करिब २० प्रतिशतलाई उच्च रक्तचाप, ३ प्रतिशतलाई कोरोनरी मुटुको रोग, १० प्रतिशतलाई मधुमेह छ । यस्तै स्कुल जाने उमेरका करीव ०.२ प्रतिशतलाई बाथमुटुको रोग र त्यत्ति नै अनुपातमा जन्मजात मुटुको रोग छ।

मुटु रोगका लक्षणहरु यस प्रकार छन् :

१ . औलाका तुप्पाहरु बाग्ला र चक्ला हुने ।
२. सास फेर्न कठिनाइ हुने ।
३. धेरै पसिना आउने ।
४. वाकवाक लागिरहने ।
५. हात झझमाउने तथा चेतनावीहिन बन्ने ।
६. बोल्दा कठिनाइ हुने, जिब्रो लरबरिने ।
७. शरीरको कुनै अंगले काम गर्न छाड्नु ।
८. छाती दुख्ने, ढक्क फुल्ने वा भारी हुने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !