१४ बैशाख २०८१, शुक्रबार

मानिसलाई भिडभाडमा भन्दा एकान्त र हरियाली स्थानमा किन आनन्द हुन्छ ?


मानिस

हामीमध्ये सबैले अनुभव गरेका छौ कि शहर बजारमा भन्दा एकान्त र हरियालीमा रहदा शरीरलाई सन्चो मात्र नभई मन पनि आनन्द हुन्छ । यसको पछाडि वातावरणिय प्रभावको भुमिका रहेको छ। शहर बजारमा विभिन्न प्रकारका सवारी साधन गुडिरहेका हुन्छन् । सवारी साधनबाट निस्केको धुवाँमा भएको कार्बनडाइअक्साइड र कार्बमोनोअक्साइडले साविक भन्दा बढी तापक्रम बढाउछ ।

कार्बनमोनोअक्साइड श्वास फेर्ने क्रममा हाम्रो फोक्सोमा पुग्दछ र उक्त ग्यासले रगतमा भएको हेमोग्लोबिनसंग प्रतिकृया गरी कार्बोअक्सिहेमोग्लोबिन बनाइदिन्छ र रगत हुन्दै उक्त कार्बोअक्सिहेमोग्लोबिन शरीरका सम्पुर्ण भागमा पुग्दछ । उक्त कार्बोअक्सिहेमोग्लोबिन हाम्रो मस्तिष्कमा समेत पुग्दछ। वास्तवमा हाम्रो फोक्सोमा पुग्नुपर्ने चाहिँ अक्सिजन हो। अक्सिजनले रगतमा भएको हेमोग्लोविनसंग प्रतिकृया गर्दा कार्बोअक्सिहेमोग्लोबिन बनाउछ र उक्त अक्सिहेमोग्लोबिन हाम्रो शरीरको विभिन्न कोषहरुमा पुग्नुपर्ने हो तर कोषमा कार्बोअक्सिहेमोग्लोबिन पुग्ने हुन्दा शरीरमा ठुलो नकारात्मक असर पर्दछ ।

मस्तिष्कमा कार्बोअक्सिहेमोग्लोबिनको मात्रा बढन गएमा पक्षघात समेत हुनसक्छ र अक्सिजनको कमि भई मानिस बेहोस हुने र ज्यानै जाने पनि हुनसक्छ । शहरबाट टाढा वा बोट बिरुवा भएको स्थानमा भने अक्सिजनको मात्रा पर्याप्त हुने भएकोले शरीरलाई आवश्यक मात्रामा अक्सिजन पुग्ने र भिडभाड पनि नहुने हुनाले शरीर र मन दुबै स्वस्थ्य र ताजा भएको अनुभव हुन्छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु