काठमाडौंको ढलमा कोरोना भाइरस देखिएको बारेमा डा. रवीन्द्र पाण्डेको धारणा Nepalpatra काठमाडौंको ढलमा कोरोना भाइरस देखिएको बारेमा डा. रवीन्द्र पाण्डेको धारणा
३१ बैशाख २०७८, शुक्रबार

काठमाडौंको ढलमा कोरोना भाइरस देखिएको बारेमा डा. रवीन्द्र पाण्डेको धारणा


डा. रवीन्द्र पाण्डे

काठमाडौँ, असार २० । सेन्टर फर मलिकुलर डायनामिक्स (सीएमडीएन) नेपालले गरेको ‘इन्भारोमेन्टल सर्भिलेन्स अफ सार्स-२’ नामक अध्ययनमा काठमाडौंका २ ठाउँमा कोरोना भाइरस देखिएको कुराले आम मानिस त्रस्त भएको देखिएको छ । स्पेनको बार्सिलोनामा गत २०१९ मार्च महिनामा ढलको परीक्षणमा कोरोना भाइरस देखिएको थियो । त्यस्तै ब्राजिलमा २०१९ नोभेम्बर २७ मा गरिएको थियो ।

यो प्रकारको परीक्षण देश, काल र परिस्थिति अनुसार फरक फरक परिणाम दिने खालको हुन्छ । त्यस्तै स्याम्पललाई फ्रिजमा राख्दा एउटा रिपोर्ट र बाहिर राख्दा अर्को रिपोर्ट आएको धेरै अध्ययनले बताएका छन् । त्यस्तै २०१९ को डिसेम्बरमा इटलीमा पनि यो परीक्षण गरिएको थियो । यो सस्तो एबम सजिलो अध्ययन हो । नेपालजस्तो गरिब देशको लागि यो बिधि उपयुक्त मोडेल हो ।

हामीकहाँ गरिएको सानो स्याम्पल साइजको आधारमा कोरोना संक्रमणको अनुमान गर्न गाह्रो हुन्छ । यदि बिभिन्न ल्याबले सहरका करिब २०० ठाउँमा ढलको पानी वा फोहोर परीक्षण गर्ने हो भने संक्रमण समुदायमा फैलिएको छ कि छैन भनेर अनुमान गर्न सकिन्छ ।

संक्रमित व्यक्तिले लक्षणपूर्वको अवस्था अर्थात संक्रमण भएको ३-६ दिनसम्म धेरै मात्रामा भाइरस बोकेको हुन्छ । त्यो समुहमा केहि प्रतिशत व्यक्तिले दिशाबाट कोरोना भाइरसभाइरसका टुक्रा/भाइरसको फोहोर बिसर्जन गर्दछन । खासगरी वान्ता, पखाला लगायत पेटको लक्षण देखिएका बिरामीबाट यो उत्सर्जन हुन्छ । सहरका अधिकांश भागमा ढलको फोहोर वा ढल मिसिएको पानीमा RT–PCR टेस्ट गर्दा RNA Virus देखियो भने उक्त सहरमा आगामी ७-१० दिनमा प्रकोप फैलिन्छ भन्ने प्रक्षेपण गर्न सकिन्छ ।

यस्तो अवस्थामा आम नागरिकले पूर्ण सतर्कता अपनाउने तथा सरकारले उपचार ब्यबस्थापन गर्ने हो भने जनधनको क्षति न्यूनीकरण गर्न सकिन्छ । अन्त्यमा यो २ ठाउँको सिमित परीक्षणको आधारमा डर मान्नुपर्ने अवस्था छैन । सरकारी तथा निजी ल्याब एबम अनुसन्धान केन्द्रहरुले जतिसक्यो धेरै ठाउँमा परीक्षण गरेमा सम्भावित महामारीको पूर्व अनुमान गर्न सकिन्छ । सेन्टर फर मलिकुलर डायनामिक्स (सीएमडीएन) नेपालले सुरुवात गरेकोमा हार्दिक धन्यबाद !

*डा. रवीन्द्र पाण्डे जनस्वास्थ्य विज्ञ हुनुहन्छ ।

यो पनि पढ्नुहोस्

विश्व र नेपालमा कोरोना संक्रमणको अवस्था कस्तो छ ? कसरी बच्न सकिन्छ ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !