१८ बैशाख २०८१, मंगलबार

यदि तपाईलाई राती सुत्ने बेलामा श्वास फेर्न अप्ठयारो हुन्छ भने यो रोगको लक्षण हो


एजेन्सी, दमको समस्या छ भने हरेक रात निदाउन निकै अप्ठयारो हुन्छ । अझै कतिपयमा त रातको समयमा दम बढ्ने हुन्छ । खोकी लाग्ने, श्वासप्रश्वासमा गह्रो हुने, हाच्छ्यू आउने, चिटचिट हुने हुन्छ । यो समस्याको छिट्टै नै उपचार गर्नुपर्छ । सुत्ने तरीका ठिक नहुँदा हामी सुतेको बेला हावाको वहाव तल्लो तहबाट हुन्छ भने फोक्सोमा रगतको प्रभाव बढ्न थाल्छ । यस कारण पनि कहिले काहि दम बढ्न सक्छ । एयर कन्डिसनर चिसो हावाले हावामा भएको मोस्चर निकाल्छ जसले पनि दम बढाउँछ । यदि तपाईं कन्डिसनर भएको कोठामा सुत्नु भएको छ भने रातमा दुई तीन पटक समेत उठ्नुपर्छ । चिसोमा यो समस्या अझै बढी हुन्छ । धुलोको कण तपाईंले प्रयोग गर्ने गद्दा, सिरानी अथवा कम्बल सफा नहुँदा यसमा भएको धुलोले पनि दम बढाउन सक्छ । ढुँसी तपाई सुत्ने कोठामा ढुँसी छ अथवा पानीले चिसो बनाएको धब्बा छ भने पनि श्वासप्रश्वासमा समस्या हुनसक्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !