३० कार्तिक २०८१, शुक्रबार

घ्युकुमारीको प्रयोगबाट हुने फाइदाहरु


घ्युकुमारी
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

घ्युकुमारीलाई अंग्रेजीमा एलोभेरा भन्दछन् । यो गमलामा लगाउन सकिने खालको जडिबुटी अन्तर्गत पर्दछ । हाम्रो घरमा यो सधै गमलामा रोपेको हुन्छ । हाम्रो शरीरलाई चाहिने आवश्यक तत्व घिउकुमारीको सेवन गर्नाले पाउन सकिन्छ ।

आज मैले यसै घिउकुमारीको विषयमा पाठकलाई मिठो जानकारी पस्कने जमर्को गर्दैछु । घिउकुमारी नचिन्ने सायद को होला ? घिउकुमारी मानव स्वास्थ्यमा सदियौंदेखि प्रयोग हुदै आएको देखिन्छ । आज घिउकुमारीको बारेमा राम्रो जानकारी नहुनाले घिउकुमारी जस्ता अनगिन्ती औषधि प्राय लोपोन्मुख हुने अवस्थामा पुगेका छन् ।

घिउकुमारीको जुसमा मानिसलाई नभई नहुने खालका क्याल्सियम, सोडियम, आइरन, पोटासियम, क्रोमियम, मैगनीज, ताम्बा जस्ता खनिज पदार्थ प्रसस्त पाइन्छ । नियमित घिउकुमारीको सेवन गर्नाले मानव स्वास्थ्यमा राम्रो भुमिका निभाएको छ ।

यस्तो छ घिउकुमारीको जुस पिउनाले हुने फाइदाहरू

१. घिउकुमारीको सेवन गर्नाले शरिरमा रगतको मात्राको कमीलाई कम गर्नुका साथै शरिरमा प्रतिरोधी क्षमतामा वृद्धि गर्छ ।

२. घिउकुमारीको जुस गर्भाशयको रोग तथा पेटको विकार नष्ट गर्नका लागि समेत फाइदा पुर्याउँछ । गर्मी, वर्षाका कारण हुने विभिन्न समस्याबाट समेत यसले मुक्ति दिने गर्छ ।

३. गुलाब जलमा घिउकुमारीको रस मिसाएर अनुहारमा लगाउनाले अनुहारमा चमकता आउँछ ।

४. दैनिक रूपमा एक गिलास घिउकुमारीको जुस पिउनाले तौल घट्नुको साथै यसको प्रयोगले बारम्बार भोक लाग्ने समस्याबाट समेत मुक्ति पाइन्छ । साथै, मधुमेह नियन्त्रण गर्न पनि मद्दत गर्छ ।

५. घिउकुमारीको जुसले दाँतको पहेलोपन पनि कम गर्छ । यसको दैनिक प्रयोगले दाँतमा हुने किटाणु नष्ट हुन्छ । श्वासमा हुने दुर्गन्ध समेत यसले कम गर्छ ।

६. घिउकुमारीको जुस एक हिसाबले शक्ति दिने जडिबुटी हो । यसको नियमित प्रयोगले शरिरलाई दिनभर शक्ति प्रदान गर्छ र स्फूर्त राख्न मद्धत गर्छ । यसले रोग प्रतिरोधी क्षमतालाई पनि वृद्धि गर्छ ।

७. घिउकुमारीको जुसले छालालाई समेत फाइदा पुर्याउँछ । यसको नियमित प्रयोगले छालामा चमकता ल्याउनुको साथै स्वस्थ समेत राख्छ । यस्तै, यसले कपाललाई पनि स्वस्थ राख्ने र रूखोपनलाई कम गर्ने गर्छ ।

८. घिउकुमारीको जुसले रगतको सञ्चालनलाई ठिक गर्छ । यसले रक्त चापका रोगीलाई पनि निकै फाइदा पुर्याउँछ । यस्तै, मुटुका बिरामीका लागि पनि यो निकै उपयोगी हुन्छ ।

९. आगोले जलेको ठाउमा घिउकुमारीको गयदि लगाउनाले चाँडो निको बनाउछ ।

नोट : कुनै पनि जडिबुटी सेवन गर्दा वा गराउदा वैद्य,कविराज र जडिबुटी सम्बन्धी राम्रो जानकारी भएको व्यक्ति र डाक्टरको परामर्समा सेवन र प्रयोग गराऊ भन्ने मेरो राय छ ।

यो पनि पढनुहोस्

स्वास्थ्यका लागि भेण्टाका फाइदाहरु

१० एमएम सम्मको पत्थरी फाल्न सक्छ गहतको दालले

जाँच्ने निकाय नहुँदा कतै हामीले विदेशीले पठाएको जहर त खाइरहेका छैनौं ?

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !