८ बैशाख २०८१, शनिबार

स्वास्थ्यका लागि भेण्टाका फाइदाहरु


भेण्टा
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

भेण्टालाई हिन्दिमा बैगन भन्दछन् भने अंग्रेजीमा (Brinjal) भन्दछन् । मेरो सवैभन्दा मनपर्ने तरकारी भन्दा खासै फरक पर्दैन । भेण्टा खानु हुदैन यसले असर गर्न सक्छ भन्ने गलत प्रचारका कारण हामीले भेण्टालाई खान छोडेका छौं यो गलत हो । स्वास्थ्यका लागि भेण्टा धरै महत्वपूर्ण देखिएको छ।

नेपाली भू-भागमा सवैभन्दा बढी फलाउने तरकारीमध्ये (Brinjal) पनि एक हो । स्वास्थ्यमा यसले के कस्तो फाइदा हुन सक्छ भन्ने जानकारी प्राप्त गर्न सके नेपालमा यस्को उत्पादनसंगै भेण्टा खानेको संख्या निश्चित बढ्नेछ । मेरो विषय पनि हर्बल भएकाले जनमानसमा यसवारे पुरा जानकारी पस्कनु मेरो कर्तव्य हुन जान्छ ।

आजको लेखमा भेण्टाबाट गरिने उपचार बारे प्रकाश पार्ने जमर्को गर्दैछु । आउनुहोस् केहि जानौं केहि सिकौं केहि सेयर गरेर जन-जनसम्म पुर्याऔ भन्ने मेरो आग्रह छ । मेरो उद्धेश्य भनेको नेपाली सारा निरोगी बनुन् भन्ने हो । मानिस रोगी हुनुमा खानपानको ठूलो हात छ । प्रकृतिको देनलाई हामीले भुल्नुहुदैन ।

यस्ता छन् भेण्टाका ५ फाइदाहरु

१. कोलेस्ट्रोल कन्ट्रोल गराउनमा भेण्टामा राम्रो गुण छ । नियमित भेण्टा खानेहरूलाई कोलेस्ट्रोल बढ्नबाट रोक्ने काम गर्दछ । भेण्टामा पोषकतत्व हुने भएकाले यस्तो तत्व अन्य सब्जीमा नपाइने देखिन्छ । नियमित भेण्टाको तरकारी खाने गरौं भन्ने हाम्रो राय छ ।

२. भेण्टामा पोटेशियम र मैगनीशियम अत्यधिक पाइने हुनाले कोलेस्ट्रोल बढ्नबाट रोक्ने काम भेण्टाले गर्दछ ।

३. भेण्टामा भिटामिन सी प्रशस्त पाइने भएकाले रोग प्रतिरोधक क्षमता यसमा विद्यमान छ । नियमित भेण्टा खानेहरूमा कुनैपनि बाध्य सक्रमणबाट समेत यसले रोक्दछ ।

४. सुन्दा अचम्म लाग्न सक्छ । दाँत दूख्दा समेत यसको रस दाँतमा राख्दा दाँत दुख्नबाट राहत दिने कुरा आयुर्वेदमा उल्लेख गरेको छ । अर्को रोचक जानकारी यसको जराको सेवनले स्वास प्रश्वास सम्वन्धित रोग उनलाई समेत निको गराउदछ । यस बारेमा पछि प्रकाश पार्नेछु ।

५. भेण्टामा फाइबर प्रसस्त हुने हुनाले र भेण्टा चाडो नपच्ने हुनाले खाना कम रूच्ने हुन्छ । यसरी मोटोपनबाट पनि विस्तारै आफुलाई बचाउन सकिनेछ ।

यो पनि पढनुहोस्

तामावाट हाम्रो स्वास्थ्यमा हुने फाइदाहरु

१० एमएम सम्मको पत्थरी फाल्न सक्छ गहतको दालले

यस्ता छन्, खिर खानुका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !