१४ बैशाख २०८१, शुक्रबार

मधुमेह रोग भएकाहरुले खान हुने खानेकुराहरु


खस्रोपना भएका रेशायुक्त खानाहरु: उसिना चामल, मिलमा नपिनीएको चामल, ब्राउन राइस, मकैको पिठो, गहुँको पिठो, कादोको पिठो, फपरको पिठो आदी पर्छन्।
कार्बोहाइड्रेटयुक्त खाना जस्तै: भात, आलु कम खाने ।
चिल्लो वा बासो नभएको मासु खाने तर रातो मासु धेरै नखाने ।
अण्डा र ताजा माछा ठिक्क मात्रामा खाने ।
पर्याप्त ताजा सागसब्जी, बन्दा, काउली, काक्रो, भन्टा, साग, गोलभेडा, मुला, गांजर प्याज र ताजा फलफूल खाने ।
झोल वा सुप खाने ।
चिनी कम भएको चिया वा कफी कम मात्रामा पिउन सकिन्छ ।
तरकारी बनाउन प्रयोग गरिने तोरी अथवा भटमासको तेल कम मात्रामा खान हुन्छ ।
धेरै रेसादारयुक्त गहुं मकै ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !