९ मंसिर २०८१, आइतबार

हामीले आफ्नो उमेर अनुसार सुत्नुपर्ने समयहरु


sleep

काम गर्दाको थकान मेटाउन शरीरलाई जसरी आरामको आवश्यक पर्छ । त्यसरी नै मानव स्वास्थ्यका लागि ‘निद्रा’ अत्यन्तै जरुरी छ । हाम्रो जीवनको एक तिहाइ समय त हामी सुतेरै बिताउँछौं । हामीलाई लाग्छ, रातको समयमा सुत्न जरुरी छ । हामीमध्ये केहीले आठ घन्टाजति सुत्नुपर्छ भन्ने धारणा बनाएका हुन्छौं ।

दैनिक ७ देखि ८ घन्टा राम्रोसँग सुतिएन भने आयु घट्दै जान्छ वा कुनै शारीरिक अथवा मानसिक रोगले समात्छ । यसकारण कम्तीमा पनि दैनिक ७ घन्टा निदाउनु आवश्यक छ । अर्को कुरा जसरी कम सुत्नु हानिकारक छ त्यसरी नै आवश्यकताभन्दा बढी सुत्नु पनि हानिकारक नै हुन्छ । राम्रो निद्रा मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यका लागि आवश्यक छ ।सुत्नुपर्ने समय यत्ति नै हो भनेर किटान गर्न गाह्रो छ । उमेरअनुसार सुत्नुपर्ने समयलाई निश्चित गर्न सकिँदैन ।

उमेर समूह अनुसार सुत्नुपर्ने समयहरु:

  • भर्खर जन्म लिएका (०-३ महिना) : दैनिक १४ देखि १७ घन्टा
  • शिशु (४-११ महिना) : दैनिक १२ देखि १५ घन्टा
  • बच्चा (१-२ वर्ष) : दैनिक ११ देखि १४ घन्टा
  • भर्खर स्कुल जान थालेका (३-५ वर्ष) : दैनिक १० देखि १३ घन्टा
  • स्कुले विद्यार्थी (६-१३ वर्ष) : ९ देखि ११ घन्टा
  • किशोरकिशोरी (१४-१७ वर्ष) : दैनिक ८ देखि १० घन्टा
  • वयस्क हुँदै गएका (१८ देखि २५ वर्ष) : दैनिक ७ देखि ९ घन्टा
  • वयस्क (२६-६४ वर्ष) : दैनिक ७ देखि ९ घन्टा
  • बूढा (६५ वर्षभन्दा माथिका) : दैनिक ७ देखि ८ घन्टा-एजेन्सी

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !