२४ बैशाख २०८१, सोमबार

सार्वजनिक शौचालय प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु


toilate

हामी धेरैले सार्वजनिक शौचालय प्रयोग गरेका हुन्छौं । तर शौचालय प्रयोग गर्दा बिचार पुर्याइएन भने यसले रोग निम्त्याउँछ । सार्बजनिक प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराः

  • शौचालय प्रवेश गर्दा सबैभन्दा संवेदनशिल चिज शौचालयको ढोकाको हेन्डल हो । हेन्डलमा असख्य किटाणू हुन्छन्, जुन रोगका लागि जोखिम मानिन्छ ।
  • ढोका खोल्नुअघि हेन्ड सेनिटाइजर दल्ने वा टिस्यु पेपर प्रयोग गर्ने ।
  • बस्नुअघि ट्वाइलेट सिटलाई राम्रोसँग हेर्ने, कम्बोट राम्रो छैन भने ट्वाईलेट पेपर प्रयोग गर्ने ।
  • ट्वाइलेट प्रयोग गरेपछि फ्लस गर्दा ट्वाईलेट पेपर प्रयोग गरेर फ्लस पेपर प्रयोग गर्नुपर्छ । उक्त पेपरलाई ट्वाईलेटभित्र डिस्पोज गर्ने ।
  • ट्वाइलेटमा लामो समय नबस्ने, फ्लस गरेपछि निस्किहाल्ने । किनकी फ्लस गर्दा किटाणुहरु श्वासप्रश्वासमार्फत सर्न सक्छन् । सकभर फ्लस गर्दा मुख छोप्ने । ट्वाइलेट पेपरले नै कम्बोटको ढकनी लगाउने ।
  • ढोका खोल्दा ट्वाइलेट पेपर प्रयोग गर्ने । किनकी सबैभन्दा बढी किटाणु ट्वाईलेटको हेन्डलमा हुन्छन् । प्रयोग गरेको पेपर बिनभित्र प्रयोग गर्नुपर्छ ।
  • त्यसपछि राम्रोसँग हात धुनुपर्छ । राम्रोसँग साबुन पानीले हात धुँदा झन्डै एक तिहाई संक्रमित रोग निर्मुल पार्न सकिन्छ ।
  • हात पुछ्न टिस्यु  पेपर प्रयोग गर्ने । पछिल्लो समयमा हेन्ड ड्रायर निकै प्रभावकारी भए पनि टिस्यु पेपर बढी प्रभावकारी हुने विज्ञहरु बताउँछन् । किनकी तातो हावाले हातमा जमेका ब्याक्टेरियालाई मार्न भन्दा पनि झन बच्न सहयोग गर्छ ।-एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !