२१ बैशाख २०८१, शुक्रबार

प्लास्टिकले पनि गर्भपतन गराउन सक्छ


prastic

हामी अधिकांश घरायसी कामका लागि प्लास्टिकको प्रयोग गर्छौं । तर, सावधान, यस्ता प्लास्टिकमा हुने रसायनका कारण गर्भपतनको खतरा बढ्ने एक अध्ययनले देखाएको छ । अनुसन्धानकर्ताहरुका अनुसार प्लास्टिक र कीटनाशक विषादीमा पाइने रसायनहरुले महिला तथा पुरुषमा हर्मोनको गडबडी हुने र त्यसले बाँझोपनसमेत निम्त्याउँने खतरा रहन्छ ।

अमेरिकन सोसाइटी फर रिप्रडक्टिभ मेडिसिनमा प्रस्तुत गरिएको अनुसन्धान निष्कर्षका अनुसार गर्भवती महिलाहरुले क्यानमा राखिएका खाद्यपदार्थ र सूर्यको किरणमा राखिएका प्लास्टिक बोत्तलबाट टाढा रहनुपर्छ । तातोमा प्लास्टिकका रसायनहरु पग्लने र तिनले खतरा हुने उनीहरुको भनाई छ ।

स्टानफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले गर्भपतन भइसकेका ११४ महिलाको अध्ययन गरेका थिए । उनीहरुको रगतमा बिस्फोनेल ए नामक रसायन पाइएको थियो । सोहीकारण उनीहरुको गर्भपतन भएको निष्कर्ष वैज्ञानिकहरुले निकालेका थिए । तर, यो रसायनले किन गर्भपतन गराउँछ भन्नेबारे भने थप अध्ययन जरुरी रहेको उनीहरुको भनाई छ ।

गर्भ रहेको समयमा हानिकारक रसायनबाट बच्ने तरिका

  • अर्गानिक खाद्यपदार्थमात्र खाने
  • ग्लास र स्टीलका भाडामा मात्र खाना राख्ने र पकाउने, प्लास्टिकको प्रयोगबाट टाढै रहने
  • सिन्थेटिक सुगन्ध भएका कस्मेटिक पदार्थ, लोसन, स्याम्पु सकेसम्म प्रयोग नगर्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !