२२ बैशाख २०८१, शनिबार

दूधसँग खान नहुने कुरा


milk

दूध र दही वा कफी नखाने, यदि खाए एसिडिटी, ग्याँस तथा कब्जियतको समस्या हुन्छ । यसमा एक डेढ घण्टाको फरक राख्नु राम्रो हुन्छ ।

  • मासको दाल र दूध खाँदा अपच हुन्छ ।
  • दुधका साथमा सुन्तला, मौसमजस्ता अमिलो जातका फल खानु उपयुक्त होइन ।
  • जसलाई कफको समस्या छ, उनीहरूले दूध र केरासँगै खानुहुँदैन, किनभने यी दुवै खाद्यसमाग्री कफ कारक हुन् ।
  • दूधसँग माछा खाँदा ग्यास बढ्छ, त्यस्तै छालाको समस्या समेत सिर्जना हुनसक्छ ।
  • दूधका साथ तारेको–भुटेको खाना पचाउन गारो हुन्छ र छालाको समस्या समेत वृद्धि हुन्छ ।
  • दूध र नुन अथवा नुन हालिएको परिकार विरुद्ध आहार हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !