१४ बैशाख २०८१, शुक्रबार

भुटेको मकैका फाइदाहरु


makai

तपाई हामीमध्ये कतिपय भुटेका मकैका पारखी छौँ होला । भुटेको मकैको स्वास्थ्यमा विशेष फाइदा गर्छ । यी हुन भुटेका मकैका फाईदाः

भुटेको मकैमा फाईबरको मात्रा अत्यधिक हुन्छ । यसले पाचन प्रणालीमा सुधार गर्छ । भुटेको मकै खाने मानिसलाई एसिडिटी र कब्जियतको कहिल्यै समस्या हुदैन् ।

भुटेको मकैमा आइरन, कपर, र फस्फोरस र म्याग्नेसियमको मात्रा प्रर्याप्त हुने भएकोले शरिरमा हड्डीलाई मजबुत बनाउँछ ।

यसमा आईरन, भिटामिन बी १२, फोलिक एसिडको मात्र प्रर्याप्त हुन्छ । यसले शरिरमा रगत अभावको समस्याबाट जोगाई कम्जोरी हुनबाट बचाउँछ ।

भुटेको मकैमा भिटामिन सी, केरोटिनाईड, बायोफ््लेविनाईड हुन्छ जसले रक्त प्रबाहलाई तीब्र बनार्ई रक्तचाप नियन्त्रण गर्छ ।

यसले कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्न सहयोग गर्छ । मुटु रोगको खतराबाट बचाउँछ ।

भुटेको मकैलाई तातो पानीमा केही बेर उमाल्नुहोस । यस पानीलाई छानेर मिश्रि मिसाएर खाँदा पिसाब पोलेको वा किड्नी कम्जोरीको समस्या समाधान हुन्छ ।

भुटेको वा पोलेको मकैमा कार्बोाइड्रेडको मात्र पर्याप्त हुने भएकोले यसले शरिरलाई पर्याप्त उर्जा दिन्छ ।

भुटेको मकै खाँदा दातको व्यायायम गराउँछ । मकै खादा दात सफा गर्ने र बलियो बनाउछ ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !