८ बैशाख २०८१, शनिबार

चोटपटक लागेको भागमा तातोले सेक्ने कि चिसोले ?


legg

मानिसको जीवनमा हरेक खालका घट्नाहरु घटिरहेका हुन्छन् । कतिपय घट्नाहरु ठुलो हुन्छ भने कति सानो  हुन्छ । घट्नावाट भएको शरीरका चोटपटकलाई पनि हामीले राम्रोसँग हेरचाह गर्नुपर्दछ । चोटपटक लागि सकेपछि त्यतिकै पिडा पनि हुन्छ । प्राय: हाम्रो समुदायमा चोट लाग्दा दुखेको भागमा सक्ने गरिन्छ । तर तातोले सेक्ने की चिसोले भन्ने कुराको जानकारी हुँदैन ।
चोट लागेको भागमा सक्ने तरिकाहरु

  • चोटपटकका कारण शरीर  सुन्निएको छ भने बरफले सेक्नुपर्छ ।
  • अर्थराइटिसको समस्या हुदा तातो चिजले सेक्नुपर्छ, यसले रक्त प्रबाहलाई सहज बनाउँछ ।
  • टाउको दुख्दा ठन्डा पानीमा भिजाएको कटनको पट्टी टाउकोमा राख्ने, यसले दिमागको दुखाई कम गर्छ र शान्त बनाउछ ।
  • गर्दन दुख्दा तातोले सेक्नुपर्छ, तातोले सेक्दा गर्धनको मांशपेशीलाई आनन्द प्रदान गर्छ ।
  • आँखा दुख्दा जहिले पनि चिसो पानीले सेक्नुपर्छ । चिसो पानीमा कटनको कपडा भिजाएर आँखा सेक्नुपर्छ । यसले आखाको थकान र दर्द न्यून गर्छ ।
  • ढाड दुख्दा गरम चिजले सेक्नुपर्छ, यसले रक्त प्रबाहलाई सुधार्नुका साथै ढाड दुख्न कम गर्छ
  • मांशपेशी दुखेको ठाउमा गरम चिजले सेक्नुपर्छ, यसले माशंपेशीलाई आनन्द प्रदान गर्छ ।-एजेन्सी

यो पनि पढ्नुहोस्

गहिरो निद्राका लागि उपायहरु

यदि घोप्टो परेर सुत्नुहुन्छ भने आजैदेखि छोड्नुहोस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !