७ बैशाख २०८१, शुक्रबार

यदि घोप्टो परेर सुत्नुहुन्छ भने आजैदेखि छोड्नुहोस्


sleep

तपाइँ जिउलाई कस्तो पारेर सुत्नुहुन्छ ? कोल्टे, उत्तानो वा घोप्टो ? यदि घोप्टो परेर सुत्नुहुन्छ भने अबदेखि त्यसरी सुत्न छाड्नुहोस् । पछिल्लो अनुसन्धानले घोप्टो परेर पेटमा दबाब पर्नेगरि सुत्दा आकस्मिक मृत्युको खतरा उच्च हुने चेतावनी दिएको छ । समान्य ब्यक्तिलाई समेत यसले नकारात्मक असर पार्ने र सुत्दा छारे रोग भएका ब्यक्ति पुरै मृत्युको जोखिममा हुने यो अनुसन्धानको ठहर छ ।

अमेरिकाको शिकागो विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अनुसन्धानका क्रममा केही मात्रामा पनि छारे रोग भएका हरु भुलेर पनि घोप्टो परेर सुत्न नहुने बताए । अनुसन्धानका क्रममा विभिन्न २ सय ५३ वटा मृत्युका घटनाको अध्यन गरिएको थियो ।

छारे रोग लागेका मात्र नभएर सामान्य ब्यक्तिलाई पनि घोप्टो परेर सुत्दा घातक हुने देखिएको छ । छारे रोग लागेका ब्यक्ति मध्ये ७३ प्रतिशत घोप्टो परि पेट थिचेर सुतेको अवस्थामा मरेको पाहिएको उनीहरुले बताए । विश्वमा झण्डै ५ करोड मानिस छारे रोगबाट पीडित रहेको तथ्याङ्कले देखाउँछ । यदि घोप्टो परेर सुत्ने बानी छ भने आजै देखि छोड्नुस् ।

र यो पनि पढ्नुहोस !
सुत्ने बेलामा गर्नै हुँदैन यो गल्ती
यदि तपाइँ सुत्नु अघि स्मार्ट फोन वा ट्यावलेट वा अझ ल्यापटपमै कुनै सामग्री इ-बुक पढ्ने बानी छ भने यो हानिकारक छ । यस्तो बानी निद्रा र स्वास्थ्य दुवैलाई घातक हुने एक अध्यनले देखाएको छ ।

शोधकर्ताहरुले यस्तो बानी भए तत्काल हटाउन समेत चेतावनी दिएका छन् । हार्वर्ड मेडिकल स्कूलका चिकित्सकहरुले शोधपछि यस्तो चेतावनी दिएका हुन् । शोधकर्ताहरुले इ-बुक पढ्ने बानी भएकाहरु निद्रामा समस्या हुने र विहान सम्म थकित हुने गरेको पाए । तर मधुरो प्रकाश भएका इबुक पढ्दा भने त्यस्तो समस्या नहुने उनीहरुको भनाइ छ ।

स्मार्टफ़ोन, ट्यावलेट र एलईडी प्रकाशले मानव शरीरमा नकारात्मक प्रभाव पार्ने र थकानको महसुस हुने अध्यनको निष्कर्ष छ । यस्तो प्रकाशले निदाउनका लागि आवश्यक पर्ने हारमोन ‘मेलाटफनिन’ बन्न रोक्ने र यसले निद्रामा गढबढी उत्पन्न हुने अध्यनको निष्कर्ष छ ।-एजेन्सीको सहयोगमा

यो पनि पढ्नुहोस्:
गहिरो निद्राका लागि उपायहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !