१२ बैशाख २०८१, बुधबार

रिंगटा लाग्नु (Dizziness) हुनुको कारण र उपचार


रिंगटा लाग्नु

आफुलाई घुमाएको जस्तो, हल्लाएको जस्तो, कतै ढल्किन लागेको जस्तो, लड्न लागेको जस्तो वा सन्तुलन गुमाउन लागेको जस्तो महसूस हुनुलाई रिंगटा लाग्नु भनिन्छ । रिंगटा लाग्दा कहिलेकाहीं टाउको हलुंगो भएको जस्तो हुने र सीधा हिंड्न पनि गाह्रो हुने हुन्छ र कतै बेहोशै हुन्छु कि जस्तो पनि लाग्न सक्छ ।

यस्तो किन हुन्छ ?

हामीमा सन्तुलनको भावना बनाइराख्ने कुरामा निम्न अंगहरुको संयुक्त भूमिका हुन्छ :

१. आँखा

आँखाले तपाईंलाई आँफू कहाँ छु भन्ने चेतना दिइरहने काम गर्छन् ।

२. कानको भित्री भाग

यसले तपाईंलाई अगाडि पछाडिको गति र गुरुत्वाकर्षणको आभास दिन्छ ।

३. स्नायु तन्तुहरु

यिनले मस्तिष्कलाई तपाईको शरीरको स्थिति र चालका बारेमा सूचना दिने काम गर्छन् । यिनमा हुने कुनै पनि प्रकार को व्यवधानले हामीलाई रिँगाउने वा चक्कर लाग्ने समस्या हुन सक्छ । यिनीहरुका बीचको जटिल कार्यगत एकतालाई पहिल्याएर रिँगटा लाग्नुको वास्तविक कारण पत्ता लगाउनु भनेको निकै गाह्रो कुरा हो ।

रिंगटा लाग्नु कारणहरु

मष्तिस्कमा आवश्यक मात्रामा रगतको आपूर्ति नहुनुले टाउको हलुका भएको महसूस गराउने खालको रिँगटा लाग्दछ । यसका कारणहरु निम्न छन् :

अचानक रक्तचाप कम हुँदा । यदि सुतेको वा बसेको ठाउँ बाट अकस्मात् उठियो भने अथवा रक्तचाप घटाउने दवाई खानुभएको छ भने अचानक रक्तचाप घट्न सक्छ ।

उपचार

रिंगटाको उपचार लक्षणमा निर्भर गर्दछ । कतिपय अवस्थामा उपचार गर्दा निको भए पनि केही अन्तरालपछि लक्षणहरु फेरि देखिन सक्छन् ।

सामान्यतया रिँगटा लाग्नु उति चिन्तनीय होइनन् तर तिनका कारणले भोग्नुपर्ने अनुभूति निश्चय नै दिक्क लाग्दा हुन्छन् । त्यसैले उपचारको उद्धेश्य ती लक्षणहरुमा कमी ल्याउने र कारण पत्ता लगाएर निराकरण गर्ने कुरामा केन्द्रित हुन्छ । सो निम्न तरीकाले गर्न सकिन्छ ;

स्व-उपचार

यदि तपाईंलाई टाउको हलुका भए जस्तो खालको रिंगटा लाग्छ भने निम्न कुरामा ध्यान दिनाले सहयोग पुग्न सक्छ :

डाक्टर नभएको अवस्थामा कागती निबूवा एक गीलास पानीमा निचरेर थोरै नुन राखेर दैनिक पिउन दिने वा पिउने यो समस्या हल हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !