१२ श्रावण २०८१, शनिबार

कृतिम भिटामिन मानिसलाई कति आवश्यक छ ?


कृतिम भिटामिन

मानिसलाई कृतिम भिटामिन कति छ आवश्यक ? आज हाम्रो सामान्य स्रोत र साधन हुँदा-हुँदै पनि हामीलाई किन भिटामिन किन्न बाध्य बनाइएको छ । सधैँ स्वस्थ्य रहनु हामी सबैको साझा लक्ष्य हो । आजकालको व्यस्त जीवनमा निरोगी तथा स्वस्थ्य रहिरहन हामीमध्ये धेरैजना कृतिम भिटामिनको सहारा लिईराखेका छौं । तर के यी भिटामिनहरु साँच्चिकै आवश्यक छन् त ?

विश्वभरका मानिसहरुले करिब १ अर्ब डलर कृतिम भिटामिन तथा यस्तै अन्य अप्राकृतिक तत्वहरु किन्न खर्चिने गर्छौ । आफुलाई चुस्त-दुरुस्त राख्न के कृतिम भिटामिन नै आवश्यक छ त ? हो, कसै-कसैलाई भने विभिन्न शाररिक अवस्था तथा अस्वस्थ्यताका कारण यस्ता अतिरिक्त तथा कृतिम तत्वहरुको सहायता चाहिन सक्छ ।

तर, तपाईं राम्रो अवस्थामा आफुलाई पाउनुहुन्छ भने यस्ता अतिरिक्तको खासै आवश्यकता पर्दैन । बृद्ध हुँदै गएका मानिसहरु, शरीरमा भिटामिनको कमी भएकाहरु तथा स्वास्थ्य सम्बन्धि समस्याहरु भएकाहरुलाई यो भिटामिन आवश्यक भएको हुन सक्छ । केही मानिसहरुलाई भिटामिनको अत्यधिक कमि हुन्छ जसले गर्दा उनीहरुको ज्यानै जाने सम्भावना पनि रहन्छ । यस्तो सार्है खतरापूर्ण अवस्थामा अतिरिक्त रुपमा भिटामिनहरु सेवन गर्नैपर्ने हुनसक्छ ।

मानिसहरु स्वास्थ्य नहुनु भन्नु नै राम्रो आहार नगर्नु भनेर बुझ्दा हुन्छ । जस्तो कि, यदि तपाईं उमेर ढल्कदै गएको भए खानामा अरुचि हुनु स्वाभाविकै हो । त्यस्तो अवस्थामा खानाबाट प्राप्त हुने भिटामिन लगायतका अन्य खनिजहरु तपाईंको शरीरमा पर्याप्त अवस्थामा उपलब्ध नहुन सक्छन् । यस्तो बेलामा भने अप्राकृतिक रुपमा सेवन गरिने भिटामिनहरुले अवश्य पनि सहायता गर्छ ।

आज हामीले धेरै पैसा कृतिम भिटामिन किन्न खर्च गरि रहेका छौं । यस्ता भिटामिनको साटो पौष्टिक खाना खानाले यसले हामीलाई आवश्यक भिटामिन पुरा गरि हाल्छ । हाम्रो शरीर र आजभन्दा ५० सौं बर्ष पुर्बका मानिसको तुलना गरौं । हामी भन्दा उनीहरु धेरै बलिया छन् । त्यति बेला भिटामिन किन्न पाइन्थ्यो तर आज बच्चा जन्मनु पुर्बदेखि नै उसले कृतिम आइरन भिटामिन खाएर जन्मेको छ । उ रोगी नभएर को रोगी हुन सक्छ ।

महिलालाई प्राकृतिक रूपमा प्राप्त हुने खालका भिटामिन नदिएर अप्राकृतिक आइरन, क्यालसियम दिने गरेका छौं । जब बच्चा जन्मन्छ, त्यति बेला उ एनिमियाको सिकार भएर जन्मेको हुन्छ । यसको ठोस कारण प्राकृतिक भिटामिनको अभाव हो । हामीले प्रशस्त मात्रामा फल फूल हरियो सागसब्जी र घिउ माछा मासु प्रशस्त दिन सक्छौं भने कुनै पनि कृतिम भिटामिनको आवश्यक नहुन सक्छ ।

भिटामिनको अभावमा मानिसलाई अनेकौं रोगहरू लाग्न सक्छ । रोगबाट बचाउन भिटामिन आवश्यक छ । बनी बनाएका भिटामिन होइन प्राकृतिकले दिएका भिटामिन नै सेवन गर्दा धेरै फाइदा हुन सक्छ । तर कामको व्यस्तताले गर्दा हामी आज कृतिम भिटामिन खान बाध्य भएका छौं ।

आज बजारमा तरकारी होस् या माछा मासु सबैमा विषादी मिलाएको छ । हाम्रो स्वास्थ्य जोखिममा छ भन्दा खासै फरक छैन । हामीले यदि बजारबाट खरिद गर्नुको साटो आफ्नै घरमा उत्पादन गर्न सक्छौं भने हामीले आफ्नो स्वास्थ्य ठिक राख्न सक्नेछौं। जब जब हाम्रो शरीर कमजोर हुन थाल्छ त्यति बेला हामीलाई प्रसस्त भिटामिनको खाँचो हुन सक्छ । रोग नलागोस भन्ने बिचार भए भिटामिनयुक्त खाना खाउ भन्ने हाम्रो आग्रह छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !